Logo

गायिका सुनिता थेगीमको गीति एल्वम लोकार्पण, वरिष्ठ संगीत कर्मीहरुले दिए, शुभकामना तथा बधाई


कलाखबर संवाददाता,२१,साउन–काठमाण्डौं । गायिका सुनिता थेगीमको सेप्माङ एल्बम विमोचन गरिएको छ । हार्दिक होटलमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि दिप श्रेष्ठ रहेका थिए भने अन्य अतिथिहरुमा राजेश पायल राई, कुन्ती मुक्तान,बुलु मुकारुङ,दिनेश दिशी, पारस मुकारुङ, लगायतका वरिष्ठ संगीत कर्मीहरु रहेका थिए ।

सम्पूर्ण अतिहरुको हातबाट सो एल्बमलाई विमोचन गरिएका थिए । आफु सानो छदाँ गायीका सुनिताले पाइलट बन्ने सपना बुनेको उहाँकी बुवाले बताउनु भयो । पढाइमा अब्बल तथा प्रखर दिमागको भोगी सुनिताले सानैमा हु–बहु गायीका कुन्ती मुक्तानको गोठालो जादा लाएको माया बोलको गीत गाएर चकित पारेको समेत उहाले बताउनु भयो ।

यसै क्रममा प्रमुख अतिथि दिप श्रेष्ठले, पाईलटले क्षनिक भर मात्र उडाउछ भने, गीत संगीतले जीवन भर उडाउने बताउनु भयो । यसको लागी सुनिताले जिवनभर आफ्नो साँगीतिक स्थान सुरक्षीत गरेको समेत उहाँले बताउनु भयो ।

गायक राजेश पायल राईले गायीकालाई शुभकामना दिदै, आफु भर्खर १८ वर्ष मात्र पुगेको र गायीका सुनिताको उमेर धेरै भई सकेकोले अझै प्रगति गर्न बाँकी रहेको ठट्टात्मक ब्यङग्य समेत गर्नु भयो । आफु त बिहे नै नगरेकोले कहिले पनि बुढो नहुने भन्दै ठट्टा गर्दा आम दर्शकको मुखबाट हाँशोको फोहोरा उठेका थिए ।

त्यसै क्रममा चलचित्रकर्मी दिनेश दिशीले गायक राजेश पायल राईले गीत सँगीतमा ब्यस्त भएर विहे गर्न नब्याएको र नायक राजेश हमलले बल्ल बिहे त गरे, तर बच्चा जन्माउन नब्याएको हाँस्यब्यङग्य थप्नु भयो । गायीका कुन्ती मुक्तानले, सुनिता बहिनीले आफ्ठयारो गीतलाई पनि सजिलो पाराले गाउन सकेको प्रशंसा गर्नु भयो ।

साथै अरुले आफ्नो गीत सुनेकोले अब आफूले पनि अरुको गीत सुन्ने बताउनु भयो । कार्यक्रममा कलाकर्मी तथा सँगीत कर्मीहरुको निकै बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्