Logo

गायक आशिक राईको ‘दशै आयो म्यूजिक भिडियो, बजारमा चर्चाको शिखर बन्दै ।


भाद्र– १५, राजकुमार राई, काठमान्डौं, उदयपुर जिल्लाको गाउँपलिका गडी गाउ वडा नं ४ मा जन्मेका गायक तथा हाँस्यब्यङग्य कलाकार आशिक (पूर्ण राज राई) कला र गला दुवैको बहुमुखी प्रतिभा हुन् । सानै उमेर देखि कलाकारिता क्षेत्रमा सुनौलो सपना देखेका उनी वि.स.२०५१ सालदेखि यस क्षेत्रमा प्रवेश गरेका थिए । हशिलो र रसिलो मुहार , अनि चन्चले स्वभाव वाल्यकालिन छाप बोकेका उनी अहिले पनि विभिन्न कार्यक्रमहरुमा उत्तिकै दर्शकहरुलाई लोभ्याउछन् । कोरियो ग्राफर, गीत संगीत संयोजन, म्यूजिक भिडियो डाइरेक्शन , गायनसँगै विभिन्न विधा अपनाएका बहुमुखी प्रतिभाको धनी राईले आफुलाई भने विशेष गरि कोरियो ग्राफर तथा म्यूजिक भिडियो डाइरेक्टर बनेर दर्शक स्रोता माझमा चिनाउन चाहेको बताउछन्

त्यसो त सयौ गीत समेत रेकर्ड गर्न भ्याई सकेका कलाकार राईले ७ सय भन्दा बढी म्यूजिक भिडियो मा डाइरेक्शन समेत गर्न भ्याई सकेका छन् । अहिले भर्खरै मात्र आफ्नै शब्द संगीत, डाइरेक्शन तथा आफ्नै सुमधुर आवाजले भरिएको दशै आयो बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । उनको यो म्यूजिक भिडियोले भने बजारमा निकै राम्रो चर्चा बटुल्ने संकेत देखिन्छ ।

दशै आयो तिहार आउदै छ, नेपालीको मन मन्दिरमा उमंग छाउदैछ , बोल्को गीतमा नारायण, राज, राम हरि, रेश्मा, आरती, लक्ष्मण, सावित्रा आदिले अभिनय गरेका छन् । राजधानीका विभिन्न स्टेजहरुमा हरेक आइटमका नृत्य, अभिनय, गरेर हजारौ दर्शकलाई मनोरञ्जन ढिलाउन सफल प्रतिभा हुन् कलाकार आशिक राई । लगातार तीन धण्टा सम्म दर्शहरुलाई मनोरञ्जन दिन सक्ने खुबी भएका उहाँ मुनलाईट फिल्मसका कार्यकारि प्रमुख तथा हाम्रो भाका हाम्रो लोक सँस्कृति प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष समेत हुन ।

प्रतिक्रिया दिनुहोस्