Logo

प्रधानमंत्री शेर बहादुर देउवाद्वारा ऐतिहाशिक विश्व शेर्पा सम्मेलनको समुद्घाटन


छिरिङ्ग शेर्पा, अशोज २२ काठमाडौं। सम्माननीय प्रधानमंत्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा आजदेखि राजधानीमा ऐतिहासिक विश्व शेर्पा सम्मेलन शुरु भएको छ। प्रधानमंत्री देउवाले शान्ति दीप प्रज्वलन गरि सो सम्मेलनको औपचारिक रुपमा सम्मुदघाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमंत्री देउवाले शेर्पाहरुको शाहसको प्रशंसा गर्नुहुँदै विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम पटक  तेन्जिङ्ग  नोर्गे शेर्पाले सफल आरोहण गरेसंगै शेर्पा जातिको मात्र नभएर सम्पूर्ण राष्ट्रकै नाम उच्च भएको बताउनुभयो।

सो कार्यक्रममा प्रधानमंत्री देउवाले अहिले देशको पछिल्लो राजनीतिक अबस्थाले देशमा तिब्र ध्रुवीकरण निम्त्याएको पनि उल्लेख गर्नुभयो।

 

 

 

 

कार्यक्रममा सम्माननीय प्रधानमंत्री शेर बहादुर देउवा तथा विशिष्ठ अतिथि माननीय सामान्य प्रशासन राज्यमंत्री वाङ्गदि शेर्पाले सामाजिक कार्यमा अग्रणी स्थानमा रहनुहुने व्यक्तित्व तथा स्थानीय तह निर्वाचन २०७४ मा बिजय हाशिल गर्नु हुने शेर्पा प्रतिनिधिहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो।

सम्मेलनमा विश्वका विभिन्न १६ राष्ट्रका शेर्पा प्रतिनिधिहरु , नेपालका विभिन्न जिल्ला तथा संघ संस्थाका प्रतिनिधिहरुका साथै कलाकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

विश्व शेर्पा सम्मेलन आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्नुहुदै नेपाल शेर्पा संघको अध्यक्ष आङ्गदोर्जी शेर्पाले सम्पूर्ण शेर्पाहरु मात्रको सहकार्य तथा मेहनतबाट नेपाल शेर्पा संघले आफ्नै भवन खरिद गर्न सफल भएको र अब नेपाल सरकारको तर्फबाट पनि केहि सहयोग पाउने अपेक्षा रहेको बताउनु भएको थियो।

पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्री कृपाशुर शेर्पाले कार्यक्रममा बोल्दै नेपाल वीर, शाहासी, इमान्दारी नेपालीको देश भएको र अब शेर्पाहरुको पनि उन्नति र प्रगतिको बारेमा कुरा अगाडी बढाउने यो राम्रो अवशर भएको बताउनु भयो। लोकतन्त्रमा अलग अलग विचार हुँदा हुँदै पनि प्रगतिका खातिर कार्यगत एकता आवश्यक भएको पुर्वमंत्री शेर्पाको भनाई थियो।

विश्वमा छरिएर रहेका सम्पूर्ण शेर्पाहरुको संस्कृति, भाषा, मौलिक परम्पराको संरक्षण गर्दै शेर्पा समुदायको हकहितका लागि विचार बिमर्श गर्ने मुख्य उद्देश्यले नेपाल शेर्पा संघ केन्द्रिय कार्य समितिको व्यबस्थापनमा भएको यो ऐतिहाशिक विश्व शेर्पा सम्मेलनको बाँकि कार्यक्रमहरु अशोज २३ र २४ गते शेर्पा सेवा केन्द्र  बौद्द, टुसालमा हुनेछ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्