सुनिल ग्रोवर पनि नेपाल आउँदै
कलाखवर संम्वादाता ,पौस १९ – पछिल्लो समय बलिउड कलाकारहरू नेपाल आउने क्रम बढेको छ यतिबेला बलिउडका चर्चित कलाकार सलामान खान र कैट्रीना कैफ आउने खबरले नेपाली रजतपटमा एक खालको हलचल मच्चाइरहेको छ । यसै बिचमा फेरी भारतका नामी कमेडियन सुनिल ग्रोवर पनि नेपाल आउने खबर आएको छ । अङग्रेजी नयाँ बर्ष २०१८ मा आयोजना हुन लागेको एक कर्पोरेट सोुुका लागि ग्रोवर नेपाल आउने भएका हुन् जनवरी ५ मा राजधानीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी काठमाडौँ आउने बताइएको छ पछिल्लो समय कपील शर्मा शोुु मार्फत विवादमा आएका सुनिल त्यस यता कुनै पनि टेलिभिजनको कार्यक्रममा देखिएका छैनन्
कमेडीमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलका साथमा केहि नेपाली कलाकारले समेत प्रस्तुती दिने बताइएको छ ।
© 2017 Kalakhabar. All Rights Reserved