हलमा लाग्यो ‘फिर्के’ र ‘राज्जा रानी’

कलाखवर संम्वादाता ,पौष २१- फ्राइडे रिलिज अन्तगर्त यो हप्ता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।फिल्म ‘फिर्के’ र ‘राज्जा रानी’ आजबाट देशव्यापी प्रदर्शनमा उत्रिएका छन् । दुई हप्ता अगाडि प्रदर्शनमा आएको बलिउड स्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर जिन्दा हे’का कारण नाम सुनिएका ठूला नेपाली फिल्म प्रदर्शनमा नआएको अवस्थामा यो हप्ता मल्टिप्लेक्स र सिंगल हलमा ‘फिर्के’ र ‘राज्जा रानी’ले आफ्नो कब्जा जमाउन प्रयास गर्नेछन् ।
गाउँबाट शहर पसेपछि सुरु हुने एक युवकको संघर्षको कथा फिल्म ‘फिर्के’ले बोल्छ । यो फिल्मका निर्देशक रवि डंगोल ‘बेमान’ हुन् । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ । अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ ।
यस्तै, दाइजो प्रथाको कथा बोल्ने फिल्म ‘राज्जा रानी’मा नायिका केकी अधिकारी र नायक नाजिर हुसेनको प्रमुख भूमिका छ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्जको पठारमा गरिएको हो । प्रेमकथामा आधारित ‘राज्जा रानी’लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् ।
फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ । नायिका रेखा थापा यो फिल्ममा अतिथी भूमिकामा प्रस्तुत भएकी छिन् ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...