Logo

हरिवंशले गरे जीतु र केदारलाई नयाँ फिल्मको अफर


कलाखबर संवाददाता,३१,बैशाख–काठमाण्डौ । १ दशक अगाडिसम्म नेपाली फिल्मले प्रदर्शनको ५१ औं र सय दिन मनाउनु अनौठो थिएन । तर, पछिल्लो केही वर्षयता नेपाली फिल्मले ५१ औं दिन मनाएको खबर मुश्किलले सुन्न पाइन्छ । केही वर्ष अगाडि ुपरदेशीु, ुछक्का पञ्जाु र ुछक्का पञ्जा २ु फिल्मले प्रदर्शनको ५१ औं दिन सफलतापूर्वक मनाए ।

यस्तैमा चैत ९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको सुपरहिट फिल्म ुशत्रु गतेु शनिवारबाट प्रदर्शनको ५१ औं दिनमा टेकेको छ । १२ करोड ग्रस कलेक्सन गरिसकेको यस फिल्मको निर्माण टिमले शनिवार साँझ इमाडोलमा एक कार्यक्रमको आयोजना गर्दै ५१ औं दिनको सेलिव्रेसन गरेको छ ।

प्रायः कार्यक्रमहरुमा आफ्नो प्रस्तुती मात्र दिने हास्यकलाकार जीतु नेपालले ुशत्रु गतेु को ५१ औं दिने सक्सेस कार्यक्रम सञ्चालन गरेका थिए । प्रियंका कार्की, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, निर्देशक प्रदीप भट्टराईलगायत कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रम सञ्चालन गर्ने क्रममा जीतुले एउटा गुनासो हरिवंश र मदनकृष्णमाझ पोखे । उनले भने, ुहास्यकलाकारको टोलीले बनाएको ुशत्रु गतेु मा तपाई पनि हुनुहुन्छ रु भनेर मलाई धेरैले प्रश्न गर्नुभयो । धेरैलाई मैले फिल्ममा आफू नभएको बताउनु परेको थियो ।ु उनले मह संचारले निर्माण गरेको फिल्ममा आफू पनि काम गर्न इच्छुक रहेको आशय व्यक्त गरे ।

यस्तैमा आफ्नो भनाई राख्ने क्रममा कलाकार हरिवंश आचार्यले जीतुलाई नयाँ फिल्मको अफर गरे । उनले भने, ुशत्रु गतेु मा नभएको दुःख नमान भाई । नयाँ फिल्ममा तिमी र केदार घिमिरेसँग काम गर्न हामी इच्छुक छौं ।ु हरिवंश आचार्यको यो भनाई पश्चात जीतुले बरिष्ठ व्यक्तिहरुसँग काम गर्न आफू सधै तत्पर रहेको बताए । ब

दीपकराज गिरी र दीपाश्री निरौला क्याम्पका जीतु र केदारलाई बाहिरी ब्यानरको फिल्ममा काम गर्न अनुमती छैन । अभिनेत्री पूजा शर्माको राईकराई पश्चात दीपाश्रीले एक फिल्मका लागि मात्र ुरामकहानीु मा काम गर्न जीतु र केदारलाई फुक्का गरेकी थिइन् ।

के मह संचारको ब्यानरमा बन्ने नयाँ फिल्ममा यी दुई हास्यकलाकारलाई दीपाश्री र दीपकराजले काम गर्न अनुमती दिनेछन् रु हेर्न बाँकी छ । जीतु र केदार विना नेपालमा निर्माण हुने ठूला ब्यानरका कमेडी फिल्मलाई आधा अधुरो मान्ने गरिन्छ ।

 

फिल्मीखबरबाट साभार

प्रतिक्रिया दिनुहोस्