Logo

हेर बगैंचामा फेरि, बहार आयो


 

राजकुमार राई,८,साउन–काठमाण्डौं ।
रंगीन संसार अनि जीवनलाई सार्थकता र सुवासपूर्ण बनाउने साहित्य नै हो । जसले समाजका धमिलोपनलाई पर्दाफास गरी सभ्य र सुन्दर समाजको परिकल्पना गर्न सिकाउछ । यहि परिवेशमा लामो समयदेखि साहित्यको. फाँटमा निरञ्तर कलम डौड्याउनु हुने गजलकार निशा के.सी.ले लेखि पठाउनु भएकी गजलका केहि अंशहरु प्रस्तुत गरिएको छ ।

 

गजल
।।।।।।।।।।।।।।।।।।
हेर बगैंचामा फेरि, बहार आयो
कसरी कसरी मनमा प्यार आयो

सिमलको भुवा झैँ हलुको भएर
परबाट मुस्कुराउँदै, दिलदार आयो

बर्षौ थन्किएको, बोधो कलममा
अचानक, चम्किलो धार आयो

कत्ति शक्तिशाली रहेछ प्रेमास्त्र
बिना युद्ध नै दुबैको हार आयो

जसोतसो जिन्दगी त कटेकै थियो
बल्ल पो बाँच्नुको सहि सार आयो ।

प्रतिक्रिया दिनुहोस्