तीन लाख वेभसाइट बन्ध गर्ने मन्त्री बास्कोटोको चेतावनी ! पर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साहपर्यटक आगमनले व्यवसायीमा जगाएको उत्साह ! नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान् ! गायीका विनिता राई र मनिष लिम्बुको संयुक्त आवाजमा नयाँ गीत रेकर्ड ! प्रवृति राईको स्वरमा दर्शकको मन छुने मार्मिक नयाँ गीत रेकर्ड ! कवि देवेन्द्र खेरेसको दोस्रो कविता संग्रह लोर्कापण ! आदिवासी जनजाति महासंघद्वारा सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने सरकारको निर्णय विरुद्ध उत्रने चेतावनी ! बढी भाडा लिने र नियम नमान्ने ट्याक्सी चालकको अनुमतिपत्र निलम्बन गरिने ! ‘मिसेस ब्यूटी क्वीन नेपाल २०१८’ को ’अवार्ड हुदैं । ! चलचित्र प्रेमनाथको छाँयाङ्कन सकियो, प्रारम्भिक सम्पादनको तयारी हुँदै ! अभिनेत्री सिर्जना सुब्बाले कसिन लगन गाँठो, बिवाह मण्डप मोरङको उर्लावारीमा ! किराँत समुदायकै पहिलो महिला पाईलट साहारा राई, सृष्टिले नेपालगञ्जबाट पहिलो उडान सुरु गरिन ! वृहत सास्कृतिक कार्यक्रम हुने,राष्ट्रिय तथा अन्य कलाकारहरुले बेजोड प्रस्तुति दिने तयारी ! निर्मला पन्तको भलात्कारी हत्यारा सार्बजनिक गर्ने माग गर्दै सरकार विरुद्ध नारा जुलुस ! साईनो कला केन्द्रद्वारा ब्यानर गीत रेकर्ड, तीन करोड आम नेपालीहरुको मन छुने पक्का ! डिपास इन्टरनेशलद्वारा मिस र मिस्टर शेर्पा प्रतियोगीता आयोजना गर्ने घोषणा, डिसेम्बर पहिलो साताबाट अडिसनको तयारी ! सोलुखुम्बु लुक्लामा सँगै सुतेका दिदीबहिनी बिहान उठ्दा मृत फेला , घटना रहस्यमय ! स्नेहा आश्रम भवन निर्माण गुरु योजना सार्बजनिक गर्दै इकुले मनाए आफ्नो जन्मत्सव ! साँगीतिक आकाशमा नरेश भुर्तेलको अब्बल पाईला ! पूर्व जनमुक्ति सेना नेपालले सहिदहरुको सम्झनामा १७ औ दिवस मनाईयो ! नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई ! ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक ! ‘गरुड पुराण’ माघ ४ मा आउने ! परमिताको ‘दि कर्मा’फिल्मसको प्रदर्शन मिति सर्यो ! ‘दाइलाई कुरा लाइदिनी…’ गीत बजारमा ! ‘गोर्खे’को दोस्रो गीत सार्वजनिक ! तस्बिरमा शृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’ यात्रा ! साँइलीुको फस्ट लुक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक, पोस्टर यस्तो देखियो । ! सायाबुङ्ले युनिर्भसल सर्टिफिकेट पायो ! चलचित्र ‘जिस्म’को पनि सिक्वेल बन्ने ! ‘ग्याङनम स्टाइल’का गायक नेपाल आउँदै ! सुएलेन भईन् नवौं चाईल्ड आईकन ! पूर्वदेखि पश्चिमसम्म नेपथ्य यात्रा ! छायांकन नसकिदै अष्ट्रेलियामा विक्री भयो ‘जात्रै जात्रा’ ! ‘कान्छी’को भिडियोमा क्युट एलिसा ! हरिवंश आचार्यले आफ्नो ६१ औं जन्मदिन मनाए ! चलचित्र ‘गोपी’को प्रदर्शन माघमा ! ‘प्रेमलीला’मा समावेश गीत रिलिज ! लक्ष्मीले ल्याइन् देउसी भैलो गीत ‘कोही–कोही मान्छे’ ! राष्ट्रसंघीय जनसंख्या कोषले गर्यो ‘मालिका’ को प्रशंसा ! जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आउने ! ‘गिनिज बुक रेकर्ड’ को लागि १ सय २६ घण्टा नृत्य गर्ने घोषणा ! चलचित्र ‘विर विक्रम २’ निर्माणको घोषणा ! आयो ‘प्रसाद’को ट्रेलर ! सडकमा नाच्दै सार्वजनिक गरियो ‘बुलबुल’को गीत (भिडियो) ! चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ! समाज सेवामा डबल, गीत संगीत जगतमा अब्बल ः रक गायीका स्वरस्वती लामा ! सात अर्ब राजश्व उठयो ! कुखुराको मूल्य घटयो, कुखुरापालक किसान मर्कामा ! जापानी राजकुमारीद्वारा प्रेमीसँग बिवाहको लागी राजगद्दी त्याग ! चङगा चेटले एक करोड पचास लाख भ्यूज कमायो, त्यो खुशीयालीमा निर्माण टिमले पत्रकार सामु केक काट्यो । ! बस र टिपरको ठक्करबाठ एकको मृत्यु,३३ घाइते ! नेकपाको चियापानमा यस्तो देखियो माहोवल, अध्यक्ष केपी ओली उपस्थित भएनन् । ! ज्योति मत्स्य ह्याचरी कृषि फार्ममा अज्ञात समुहद्वारा बिष हाल्दा, २५ हजार माछाका भुरा र ठूला माछा मरे,करिब ५० लाखको क्षती ! मिस इन्डिया वल्डको उपाधी मञ्जु थापा मगरलाई ! कम उमेरमै बलात्कारको शिकार ! बजारमा माटाका भाँडा ! प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरिए ! पूर्वीय नेपाल सोलुखुम्बु महाकुलुङको शिरमा अवस्थित रमणीय बस्ती छेस्काम ! लेक लागेर सबिना कुलुङको मेरा पिकमा मृत्यू ! जय भोले चलचित्र पनि नाफामा उक्लदै ! चाडपर्वको मौकाछोपी यात्रुसँग बढी भाँडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीद्वारा कार्बाही ! अब बिजली बस राजधानीमा गुड्ने ! लुक्लामा हेलिकप्टर ठोकिदा पंखामा पुग्यो क्षती ! नयनराज पाण्डेको संस्मरणात्मक कृति ‘यार’ पद्मश्री पुरस्कार ! लगभक दशै सक्यो, अझै,राजधानी सुनसान ! नक्कली नोट बनाउने मेसिनसहित पाँच जनालाई पक्राउ ! हिमालय एयरलाइन्सले अब सिधै चिनमा उडान गर्ने अनुमति पायो । ! राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद ! काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु ! मिटरमा हिँड्न नमान्ने र यात्रुसगँ बढी भाडा लिने १२८ टयाक्सी चालकलाई कारबाही ! एसपी विष्टको बर्खास्तको तयारी,गृहमा पुग्यो पत्र ! विजया दशमी टीकाको शुभसाइत बिहान ०९ः५१ उत्तम हुने ! प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी

कलाखबर संवाददाता, असोज,३१,– काठमाडौं । दोलखा पवटी–३ का जग्गा कारोबारी दिनेश कोइरालाले अनेक बाहानामा १० करोडभन्दा बढी सम्पत्ति ठगी गरेको छ । यतिखेर उनको नाममा
प्रहरीमा उजुरी आईरहेको छ । पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । उनीहरुको एउटै गुनासो छ, ‘त्यो ठग कहिले समातिन्छ
महँगो कारमा चढ्ने । चस्मा ढल्काएर रवाफका साथ हिँड्ने । लाखको हैन, करोडकै कुरा गर्ने । झट्ट हेर्दा चलचित्रको नायकभन्दा कम देखिन्नन् । तर, हिरोजस्तै लाग्ने यिनै दिनेश चर्चित भारतीय ठग ‘नटवरलाल’लाई माथ गर्ने हैसियतका छन् ।
दर्जनौंलाई ठगेका दिनेशबिरुद्ध पीडितहरु जुर्मराए पनि प्रहरी प्रशासनले ठगलाई पक्राउ गर्न सकेको छैन । पीडितहरु आक्रोस पोख्दै प्रहरीमाथि नै शंकाको नजरले हेर्न थालेका छन् ।

                                                                              विष्णुको बिलौना

उर्लाबारी–८, मोरङ दुर्गापुरीका विष्णुबहादुर धिमाललाई घर निर्माणका लागि तीन लाख रुपैयाँको खाँचो थियो । ऋण लिनका लागि साहु खोज्दै जाँदा भाइ नाता पर्ने रामप्रसाद धिमालले उनको चिनजान दिनेश कोइरालासँग गराइदिए । ३ लाख रुपैयाँका लागि विष्णुले आफ्नो नाममा भएको एक बिगाहा आठ कठ्ठा जग्गा दिनेशको नाममा पास गराइदिए । १५ भदौ ०७३ मा मालपोत कार्यालयमा यस्तो कागज बनाइयो कि ‘बिष्णुले दुइ वर्षसम्म ऋण फिर्ता नगरे जग्गा स्वतः दिनेशको नाममा हुने ।’

विष्णुलाई सो कागजमा हस्ताक्षर गराई लालपुर्जा लिएर हिँडेका दिनेश त्यसपछि लापत्ता भए । विष्णु भन्छन्, ‘ऋण तिर्न भनेर दिनेशलाई धेरै खोजेँ, तर उनी सम्पर्कमै आएनन् ।’ आखिर दुई वर्षपछि कागजी रुपमा विष्णुको जग्गा सबै दिनेशको नाममा भयो । प्रचलित बजार भाउ अनुसार त्यो जग्गाको मूल्य अहिले ३ करोड ६० लाख पर्ने विष्णुको दाबी छ ।

‘तीन लाखमै उसले मेरो त्यत्रो सम्पत्ति हडप्यो, अहिले म आफ्नै घरमा सुकुम्बासी सरह भएको छु’, विष्णुले गहभरी आँसु पार्दै भने । यसैगरी दिनेशले ५ माघ, २०७१ मा दिपा धिमाल र २ भदौ, ०७३ मा रिता मगरको जग्गा पनि यस्तै तरिकाले ठगी गरेका रहेछन् ।

                                                                 ‘आमा ’लाई पनि ठगेछन्

इटहरी–४ की लक्ष्मी भट्टराईलाई त दिनेशले ‘आमा’कै साइनो दिएर ठगेका रहेछन् । ७ छोरी र २ छोराकी आमा लक्ष्मीलाई ‘म हजुरको माइलो छोरा हुँ’ भन्दै निकै श्रद्धा गर्थे र बेला बेलामा कोशेली पनि ल्याइदिन्थे । लक्ष्मीले घर बेचेर राखेको ५० लाख रुपैयाँ रहेछ । त्यो सुईको पाएपछि महँगो ब्याज दिने भन्दै पाँच महिनाका लागि ५० लाख रुपैयाँ लक्ष्मीबाट फुत्काउन सफल भएछन्, चतुर दिनेश ।

पाँच वर्ष बितिसक्दा पनि दिनेशको अत्तोपत्तो भएन । ‘घर बनाइदिन्छु, तपाइको पैसालाई दोब्बर बनाइदिन्छु भन्थ्यो, मोरो त नाकमुखै देखाउन छाडेर अलप पो’, लक्ष्मीले भनिन्, ‘मलाई घरको न घाटको बनायो ।’विचरी वृद्ध लक्ष्मी यतिबेला आर्थिक अभावले छटपटाइ रहेकी छन् । उनको एउटा गोडा भाँचिएको छ, तर उपचारका लागि उनीसँग पैसा छैन । घरमा सोही रकमलाई लिएर आफन्तको गनगन सुन्न नसकेपछि बाध्य भएर सातदोबाटोस्थित छोरीको घरमा आश्रय लिइरहेकी छिन्, लक्ष्मी ।
                                                   

                                                         पलभरमै गुम्यो १७ वर्षको कमाई

सुनसरीकी निर्मला गुरुङको कथा सुन्दा जोसुकै भावुक हुन्छ । निर्मलाले १७ वर्षसम्म वैदेशिक रोजगारीबाट कमाएको रकम दिनेशले पलभरमै ठगीदिए । विदेशबाट कमाएको रकमबाट उनले एक तले घर बनाएकी थिइन् । एक दिन दिनेशले आएर उनलाई भनेछन्, ‘मलाई अहिले केही रकम ऋण दिनुस्, पछि म यो घरमा तला थप्ने पैसा दिउँला ।’

आफ्नो घर दुईतलाको होस् भन्ने चाहना कसको नहोला र रु अनि त चार आनामा बनेको सोही एक तले घर बैँकमा धितो राखेर निर्मलाले दिनेशलाई ऋण दिइछन् । तर, लामो समयसम्म पनि दिनेशले ऋण नतिरेपछि उनले उर्लाबारी र इटहरी प्रहरी कार्यालयमा ठगीको उजुरी दिइन् ।

तर, प्रहरीले कुनै चासो दिएन । बरु दिनेशले गुण्डा ल्याएर आफूलाई धम्क्याउने र घर छाड्ने दबाव दिदै आएको निर्मलाले रातोपाटीलाई बताइन् । काठमाडौंमा आफ्नो नाममा रहेको घडेरी एक बित्तीय संस्थामा धितो राखेर निर्मलाले आफ्नो घर त उकासिन् । तर, अहिले ऋण तिर्न नसकी दुबै सम्पत्ति डुब्ने अवस्थामा पुगेकी छिन् निर्मला ।

                                                   ‘दोब्बर बनाइदिन्छु’ भन्दै ठग्दै

दोलखाका दिनेश कोइराला व्यावसायका सिलसिलामा करिब पाँच वर्षअघि मोरङ पुगेका थिए । त्यहाँ उनले बृहत कृषि फार्म स्थापना गर्ने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउन थाले । उनले ‘एकको दुई’ अर्थात जति लगानी ग¥यो त्यसको ठीक दोब्बर फाइदा हुने भन्दै झुक्याएर सबैसँग रकम उठाएको मानेपोखरी मोरङका पीडित उमेश घलेले बताए ।

दिनेशले आफ्नो डेढ करोड रुपैयाँ पच पारेपछि उमेश न्यायका लागि काठमाडौं आएका छन् । ‘ठूलो कृषि फार्म खोल्ने, जग्गा प्लटीङ गर्ने, ब्याज धेरै कमाउने भन्दै पैसा लियो, मेरो त घर र जग्गा दुबै डुब्यो’, घलेले भने, ‘हिसाबै गर्ने हो भने त्यो डेढ करोडको ब्याज मात्रै अहिले एक करोड ९० लाख भइसकेको छ ।

दिनेशले झापाको दमकस्थित तारबारीमा रहेको कृषि फार्ममा साझेदार बनाउने भन्दै इटहरी –८ कै यशोदा भट्टराईसँग ३० लाख र उनकी आमासँग ५० लाख रुपैयाँ लिएका रहेछन् । तर उनले यी आमा छोरीलाई न त साझेदार बनाए, न उनीहरुको रकम फिर्ता गरे ।

‘पैसा फिर्ता पाउनुप¥यो भनेर धेरै कराएपछि बैंकको चेक काटेर दिएका थिए, तर ती दुबै चेकमा पैसा रहेनछ’, यशोदाले भनिन् । यसैगरी मोरङ कानपोखरी–५ का उमेश गुरुङसँग पनि दिनेशले जग्गा कारोबारमा साझेदार बनाइदिने प्रलोभन देखाई १ करोड ५० लाख रुपैयाँ लिए । उमेशलाई पनि दिनेशले न त साझेदार बनाए, न रकम फिर्ता गरे ।
                                                         

                                                                   ठगिने धेरै हुनसक्छन्

यसैगरी दिनेशले मोरङ, उर्लाबारी अमरदह राजघाटका कृष्ण धिमालको डेढ करोड, मोरङ, उर्लाबारी, राजघाट–९ का शिवलाल पुरीको ९९ लाख, इटहरी–४ सुनसरीका चेतराज भट्टराईको ५ लाख, दुर्गापुरी राजघाट –८ उर्लाबारी मोरङका रिता मगरको २ करोड, दिपा धिमालको २ करोड र दुर्गा धिमालको ४० लाख, सिजुवा–२ मोरङका निर्मल खडकाको १ करोड ५० लाख, झापाका सोले धिमालको ५० लाख, इटहरी–४ का भवनाथ भट्टको १५ लाख र रतुमाई नगरपालिका मोरङका निर्मल खड्काको १ करोड ३९ लाखसमे ठगेको पीडितहरुले बताएका छन् । पीडितकाअनुसार दिनेशबाट ठगिने अझै धेरै हुनसक्छन्, जो डर त्रासका कारण मौन छन् ।
                                                            उजुरीकर्ता नै हतोत्साहित

दिनेशको ठगीमा परेका इटहरी–५, सुनसरीका सहदेव गुरुङले महानगरीय प्रहरी परिसर काठमाडौंमा दिनेशविरुद्ध उजुरी दर्ता गरेका छन् । तर दिनेशलाई पक्राउ गर्न प्रहरीले कुनै तदारुकता नदेखाएको सहदेवको गुनासो छ । सहदेवले दिनेशबाट २० लाख रुपैयाँ ऋण लिएका थिए । ५० लाख पर्ने आफ्नो घर दिनेशको नाममा पास गराइदिएका थिए ।

लाजपुर्जा लिएपछि दिनेशको नाकमुखै देखिएन । ऋण तिर्न खोज्दा पनि दिनेश बेपत्ता भएपछि अन्ततः सहदेवको सम्पत्ति दिनेशकै नाममा भयो । न्यायको खोजीमा काठमाडौं आएका सहदेवले भने, ‘म त अहिले आफ्नै घरमा सुकुम्बासी बनेको छु ।’ सहदेवले आफ्ना मित इटहरी–८ का तीर्थराज रेग्मीमार्फत दिनेशलाई चिनेका थिए ।

यतिबेला दिनेशको कर्तुतकै कारण तीर्थ पनि तनाबमा छन् । आफन्तलाई न्याय दिलाउन भिडिरहेका तीर्थलाई समेत दिनेशले धम्क्याउने र अनेक आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास भइरहेको तीर्थ बताउँछन् । कहाँसम्म भने ठगीमा परेकालाई न्याय दिलाउन लागिपरेका तीर्थमाथि नै पीडित विष्णु धिमालको ‘अपहरण गरेको’ आरोप लगाइयो ।

तर घटनाले त्यतिबेला नयाँ मोड लियो जतिबेला अपहरणकारी र अपहरित भनी ठग दिनेशले हौवा चलाइएका तीर्थ रेग्मी र विष्णु धिमाल दुबै एकैसाथ प्रहरी कार्यालयमा उपस्थित भए ।  अपराध अनुसन्धान महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंह, प्रहरी उपरीक्षक नरेन्द्र उप्रेती र प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षकको अघिल्तिर उपस्थित हुँदा दिनेश भने त्यहाँ आएनन् ।

आफूविरुद्ध उजुरी परेपछि तिलमिलाएका दिनेशले केही दिन यता पीडितलाई धम्क्याउने, प्रहरी अधिकारीहरुलाई विभिन्न च्यानलबाट दबाब दिने र केही मिडियालाई समेत किनेको पीडितहरुको आरोप छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...