Logo

इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो


कलाखबर संवाददाता,२२,असोज– काठमाडौं । २० औ संस्करणको इमेज अवार्ड शनिबार राजधानीमा वितरण गरिएको छ । वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । सो समारोहमा ‘वेस्ट पर्सनालिटी अफ दी इयर’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रदान गरिएको थियो ।

२०७४ साल असार १ गतेदेखि २०७५ जेठ मसान्तसम्म सार्वजनिक भएका गीतका एल्बम, म्यूजिक भिडियो एवं सिंगल ट्रयाकहरुमध्येबाट १८ विधामा अवार्ड बाँडिएको थियो ।

समारोहमा उत्कृष्ट गीत रचना ‘यो ऐना भनाउँदो’बाट आनन्द अधिकारी, युगल गायन ‘हावा घरैमा’बाट पूजन लोहागन र अनुपमा प्रधान, सर्वोत्कृष्ट नवकलाकार ‘छामी हेरन’बाट सुवासचन्द्र जोशी र सर्वोत्कृष्ट संगीत ‘जाउँला रेलैमा’बाट कमल खत्रीले अवार्ड पाए ।

कार्यक्रममा कमल खत्री, रुपकुमार राई, मेनुका राई, सीता थापा, प्रकाश सपुत, पशुपति शर्मा, सम्झना भण्डारी, बुद्ध थापा र विकास धमला, निशान घिमिरे, दीपक बज्राचार्य, कर्मा ग्याल्जेन बोमजन, दुर्गा परियार, श्रेया सोताङ, दीपक बज्राचार्य, टीका प्रसाइँ लगायतले समेत अवार्ड थापे ।

कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले आइटम गरेकी थिइन् भने कार्टुन क्रिउको समेत डान्स रहेको अवार्डमा निमा रुम्बा, १९७४ एडीले आफ्नो हिट गीत प्रस्तुत गरेका थिए ।a

प्रतिक्रिया दिनुहोस्