Logo

जुम्लामा विमान दुर्घटना


कलाखबर संवाददाता, २६,जेठ, काठमाण्डौ । जुम्ला विमानस्थलमा अवतरण गर्ने क्रममा तारा एयरको ट्वीनअटर जहाज धावनमार्गबाट चिप्लिएको छ ।

शनिबार दिउँसो नेपालगञ्जबाट जुम्लाका लागि उडेको उक्त जहाज अवतरण गर्ने क्रममा अगाडिको टायर पन्चर हुँदा रन वेबाट चिप्लिएको थियो।

जहाज चिप्लिएर धावनमार्गभन्दा बाहिर गएर जालीमा ठोक्किएको नागरिक उडड्यन प्राधिकरण जुम्लाले जनाएको छ।

जहाज धावनमार्गबाट असन्तुलित हुँदै बाहिर आवास गृहतर्फको जालीमा ठोक्किएको नेपालगन्ज विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए।

२ बजेर ४० मिनेटमा विमान अवतरण हुन लागेको थियो।

चालक दलका ३ जना सदस्यसहित विमानमा रहेका १८ जना यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ।

जहाजको नोज ९अगाडिको भाग०मा भने क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्