Logo

काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस दुर्घटना, तीन जनाको मृत्यु


कलाखबर संवाददाता,२ कात्तिक, चितवन । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान २ः३० बस दुर्घटना भएको छ । सो घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्