Logo

कलाकारहरुको विशेष रौनग होली पर्व


नेपालीहरुको विशेष होली पर्वको अवसरमा चोभार डाडाँको मञ्जु श्री पार्कमा गिपm्ट नेपालले एक विशेष होली पर्व कार्यक्रमको आयोजना गरिएको छ । विशेष गरि नेवा जातिको भाषा ,कला संस्कृतिको उत्थान तथा पहिचान झल्काउने उद्देश्यले रङ्गीनमय होलीको अवसरमा

कलाकारहरुको झम्काभेत स्वरुप यो कार्यक्रमको आयोजना गरिएको गिफ्ट नेपालका डाइरेक्टर तथा नायीका शोभा महर्जनले बताउनु भयो । पोखराका नेवा समुदाय भित्रका दुई दर्जन भन्दा बढी ११३८ मिस नेपालहरुलाई परिचय तथा सम्मान समेत गरिएका छन् ।

साथै कलाकार तथा पत्रकारहरुलाई समेत खदा ओढाएर सम्मान गरिएका छन् । सम्मान पछि नायक युविन ढुगानाले कार्यक्रम आयोजकलाई धन्यवाद दिदै कलाकारिता जगतलाई छुट्टै किसिमले हेर्नु पर्ने बताउनु भयो । होलीको रङ्गीन टिका थापी सकेपछि गायन नृत्य समेत प्रस्तुत गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्