Logo

‘कान्छी’को भिडियोमा क्युट एलिसा


कलाखवर सम्वाददाता, कार्तिक २८ – मोडल एलिसा राईको दमदार नयाँ भिडियो ‘कान्छीको भिडियो’ सार्वजनिक भएको छ । भिडियोमा एलिसालाई सरोज मोक्तानले साथ दिएका छन् । गायक राजमान तामाङको स्वर रहेको गीतमा शब्द शृजना जितेन लोप्चाको छ । जितेन लोप्चाकै संगीत रहेको गीतमा उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

चञ्चले मन भएका युवा युवतीको प्रेम रोमान्सलाई नजिकबाट देखाउने कोशिस गरिएको भिडियो युवराज वाईवाले निर्देशन गरेका हुन् । सँधै भिडियोमा हट अवतारमा देखिने एलिसा यस भिडियोमा भने क्युट अवतारमा देखिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्