Logo

‘कथा काठमाण्डु’को दोश्रो गीत ‘जुन अनी तारा’ सार्वजनिक


कलाखवर सम्वाददाता, श्रावण २४ – चलचित्र ‘कथा काठमाण्डु’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ ।असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत, इशान सुब्बाको शब्द छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरि, आयुष्मान देशराज जोशी, सञ्जोग कोइराला, सन्ध्या केसी र प्रेक्षा अधिकारीको अभिनय छ ।संगीताकै कथा रहेको चलचित्रलाई विजय राइले निर्माण गरेका हुन् । चलचित्रमा लुजा सिंहको छायांकन, मित्र गुरुङको सम्पादन, अष्ट महर्जनको एक्सन छ । चलचित्रले काठमाण्डौको परिवेशलाई ३ फरक कथामा प्रस्तुत गर्न खोजेको संगीताले बताइन् ।

प्रतिक्रिया दिनुहोस्