Logo

खहरेमा चैते दशैँ मेला हुने


अनन्तदिप घिमिरे,तनहुँ चैत ८- व्यास १० खहरेमा “सातौँ छाङ्गा बाराही चैते मेला २०७४” हुने भएको छ । चैते दशैँको अवसर पारी
छाङ्गा बाराही मन्दिरमा चैत ९ देखि ११ गते सम्म मेला लाग्ने भएको हो । “छाङ्गा बाराही मन्दिर पवित्र धाम,धार्मिक कला संस्कृति र साहित्य जोगाउने मुख्य काम” भन्ने मुल नाराका साथ आयोजित मेलामा खुल्ला लोक दोहोरी, स्थानिय भजन,चुड्का प्रर्दशन, स्थानीय कौरा नृत्य,चर्चित हास्य कलाकारहरुको प्रस्तुती, महेन्द्र गुफा अवलोकन,माछापोखरी अवलोकनका साथै कला प्रर्दशनी लगायतको मुख्य आकर्षणहरु रहेको “छाङ्गा बाराही मन्दिर संरक्षण समितिले जनाएको छ ।

मेलाले छाङ्गा बाराहीलाई प्रवद्र्वन गराउदै आन्तरिक तथा बाह्य पर्यटकलाइ भित्रउने लक्ष्य रहेको छाङ्गा बाराही मन्दिर संरक्षण समितिका सचिव रमाकान्त ढुङ्गानाले बताउनुभयो । मेला व्यावस्थापनका लागी विभिन्न १७ वटा उपसमिती गठन गरिएको छ । सचिव ढुङ्गानाका अनुसार मेलामा १८ वटा स्टलहरु रहने छ । अहिले सम्म ३३ प्रतिशत स्टलहरु बुकिङ भइसकेको छ । तीन दिने मेलाको ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको आयोजकले दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्