Logo

किराँत सँस्कृतिमा आधारित चलचित्र निर्माण, आफूमाथी कसैले रमाईलो गर्न खोजेको निर्मात्रीको आरोप


 

कलाखबर संवाददाता,४,असोज— काठमाडौ स् किराँत संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ को ‘च्यारिटी सो’ सम्पन्न भएको छ । शनिबार किराँत राई यायोक्खाको कार्यालय कोटेश्वरमा खचाखच हल भरिएका थिए ।
यो चलचित्र निर्माणको क्रममा वाईट फेस अर्थात सफेद चरण संस्थाको ठूलो भमिका रहेको सहल्लाहकार जिवन जीत राईले जानकारी दिए ।

साथै यो चलचित्र पैसा कमाउने उद्देश्य नभएर विशेष गरि आफ्नो मौलिक सँस्कृतिको बचाउ तथा निर्मात्री साया राईको आमाको सपना साकार पार्नका लागी निर्माण गरिएको समेत सहल्लहकार राईले बताए । वाईट फेसले अशक्त बिरामी क्यान्सर पीडित , बन्मारो रोगी जस्ता पीडितहरुलाई आर्थीक सहयोग गर्दै आएको छ ।

चलचित्रकी निर्मात्री साया रार्इले आफ्नो जातिभित्रको कला संस्कृति बचाउन र आफ्नी आमाको सपना पुरा गर्न चलचित्र निर्माण गरेको बताइन् ।’कैंयौ कुरा आमाको डायरी कथाबाट पनि सिक्न मौका पाए,’ उनले भनिन्, ‘चलचित्र निर्माण गर्दैगर्दा निकै दुःख पनि पाइयो । अनेक चुनौतिको भावजुट पनि यो चलचित्र सफल हुनुमा वाईट फेसको ठूलो भूमिका रहेको समेत उहाँले बताइन् ।

जसका लागी सफेद चरणका हेल्थ कोडिनेटर पदम लिम्बु पावललाई विशिष धन्यबाद समेत ब्यक्त गरिन् । यो टिम र सायाबुङको सहकार्यमा विभिन्न मृगौला पीडित, क्यान्सर पीडित, तथा बन्मारो रोगको सिकार भएका बिरामीहरुलाई सहयोग समेत गर्दै आएको बताउनु भयो । आफ्नै समुदायको केहि व्यक्तिले भने खुट्टा तान्दै गिद्धेनजर लगाएको आरोप लगाइन् । काम गर्दिने आस देखाउदै उल्टै आफूसँग रमाईलो गर्न खोजे तर अस्विकार गरेपछि फेसबुकबाट समेत ब्लक गरेको बताइन् ।

सहयोग गर्छु भन्ने तर सहयोग भने नपाएको उल्लेख गर्दै चलचित्र निर्मात्री रार्इले भनिन्, ‘पहाडी र विकट ठाउँमा सुटिङ गर्नु परेकोले निकै अप्ठयाराहरु आए । हिउँ र असिनासँग लड्दै यो सुटिङ गर्दा आफू अचेत हुने गरी विरामी पनि भए ।’अर्का निर्माता पदम लिम्बु पावलले चलचित्रमा सोचेभन्दा बढी लगानी गर्नुपरेको बताए ।

उनले भने, ‘विकट ठाउँमा लामो समय सुटिङ गर्दा खर्च बढ्यो । तर पनि चलचित्र राम्रो बनेको छ । हामी एकदम खुसी छौं साथै हामीले यस चलचित्रसँगको सहकार्यमा अन्य थुप्रै प्रकारका विरामीहरुको सेवा गर्ने मौका समेत पाएकाछौं भन्नु भयो । फेरि दुई वटै संस्थाको सहकार्यमा केही बिरामीहरुको सहयोगको लागी यही असोज २२ गते कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

निर्देशक भगिराज रार्इले चलचित्र निर्माणका क्रममा थुप्रै चूनौतीको सामाना गर्नु परेको बताए । मौसम प्रतिकुल भएका कारण पनि छायाँकनमा निकै चुनौती झेल्नु परेको उनले अनुभव सु्नाए ।
द पाल्म ग्रुपको ब्यानरमा निर्माण भएको उक्त चलचित्र साया रार्इले निर्माण गरेकी हुन् । फिल्ममा किरातीहरुको परम्परागत मूल्य र मान्यतालाई जीवन्तरुपमा प्रस्तुत गर्न खोजिएको दृश्यहरु समावेश गरिएको छ । फिल्मको नाम किराती सभ्यता र भाषाबाट लिइएको भएपनि पनि फिल्म नेपाली भाषामा रहेको छ ।

चलचित्रको शो को लागि पूर्वी नेपालका विभिन्न ठाउँका साथै विदेशमा पनि शो हुन लागेको कार्यक्रममा जानकारी गराइयो । फिल्मको छायांकन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ ।

फिल्ममा सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय छ । फिल्ममा भगिराज लेखन, भक्त सुनुवार र उदय नेमबाङको संगीत, देबजंग थापाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्