Logo

कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गर्दै केकीले आफ्नो गुनासो पोखिन् ।


 

कलाखबर संवाददाता,१४–चैत्र । काठमाडौं अभिनेत्री केकी अधिकारीले चलचित्र अभिनयभन्दा निर्माण गाह्रो रहेको बताएकी छन् । बुधबार आफैले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक कार्यक्रममा केकीले सो कुरा बताएकी हुन् । ‘करिब म एक दशकदेखि यही क्षेत्रमा छु । त्यसैले गाह्रो हुँदैन होला जस्तो लागेको थियो ।’ केकीले भनिन् ‘तर निर्मात्री बन्न निकै गाह्रो हुँदो रहेछ । मलाई अर्कै ‘फिल्ड’ मा हात हालेको झैँ भयो ।’

‘कोहलपुर एक्सप्रेस’ चलचित्रमा अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । १४ बैशाखबाट प्रदर्शनमा आउने यो चलचित्र विशाल भण्डारीले निर्देशन गरेका हुन् । म्यूजिक भिडियो निर्देशन बिशालको यो डेब्यु चलचत्रि हो ।

केकीको ब्यानर ‘जुनकिरी आर्ट’बाट निर्माण भएको चलचत्रिमा अभिनेत्री ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्न खोजेकी छन् । ‘म तिर्सना बुढाथोकी बनेको होइन ।’ ऋचाले भनिन् ‘धेरथोर उहाँको हाउभाउबाट प्रभावित पात्र चाहीँ हो ।’

सार्वजनिक कट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ । विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको पनि अभिनय रहेको छ । कार्यक्रममा निर्देशक भण्डारीले १ घण्टा ५५ मिनेट लामो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने दाबी गरे । अर्जुन तिवारीको छायांकन रहेको चलचित्रमा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिवप्रसाद चौलागाई निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्