कुलुङ समुदाय भित्रकै उच्च शिखर प्रतिभा हुन, गायक अजय अलङकार कुलुङ

 

२५—कातिक,काठमाण्डौ, राजकुमार राई । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालीका ४ गुदेल बस्तिमा जन्मनु भएका गायक अजय कुलुङ एक कुशल सर्जक तथा बहुमुखी प्रतिभाका धनी एवम् शिखर पुरुष हुन् । वि.स. २०६५ सालबाट निरञ्तर सांगीतिक आँकाशमा रमाउदै आउनु भएका गायक कुलुङले अन्त त करिब तीन दर्जन भन्दा बढी गीतमा आफ््नो सुमधुर आवाज बढी सकेका छन् । एउटा विकट बस्तीमा जन्मेर आफ्नो दुःख पीडा चोटहरु बिसाउने क्रममा संगीत क्षेत्र अपनाउन आई पुगेको कुलुङको भनाई रहेको छ ।

कुलुङले, कुलुङ समुदायको उत्थान र विकासका लागी केही गरौ र गराऔ भन्ने मुख्य अभिलाषाका साथ आफनै भाषाका थुप्रै चर्चित गीतहरु गाएका पनि छन् । तर यसको मर्म आफ्नै समुदायले बुझ्न नसक्दा आफूलाई दःख लागेको बताएका छन् । कसैकसैले देखावती रुपमा आफ्नो लागी मात्र गरेको भन्ने आरोप पनि लगाएका छन् । लामो अथक प्रयास अनि निरञ्तर साधना पश्चात पहिलो कोशेली स्वरुप पहिलो नजर एल्लम बजारमा ल्याएका थिए । जुन एल्मले आफुलाई आम दर्शक स्रोता माझमा राम्रोसँग चिनाए ।

त्यसपछि फेरि लगतै आफ्नो समुदायको लागी पनि केही गरौ भन्ने भावनाले आफ्नै मात्री भाषाको (सानीवा एल्वम) निकाले । जुन गीत उहाले हरेक कार्यक्रयमा गाउने अवसर पनि पाए । जसले हरेक कुलुङ समुदायमा त रामैसँग चिनाए , तर गीतको मर्म र भावना अरु समुदायले बुभmन नसक्दा आफू पछाडी परेको उहाको बुझाई छ । कुलुङ समुदाय भित्र धेरैले गायक बन्ने सपना त देख्यो तर , आखिर त्यो सपनामा नै सीमित रह््रयो । जस्को अलवा मात्री भाषा र राष्ट्रभाषा दुवैमा धेरै भन्दा धेरै आवाज दिने निरञ्तर यात्री हुन अजय अलङकार कुलुङ ।

कुनै राजनीतिमा नलागीकन तनमन र निस्वार्थ भावनाले समाज सेवा र आफ्नो सँगीत साधनामा निरञ्तर लागी रहे । जस्को परिणाम स्वरुप आफ्नै सँगीत विद्याल समेत स्थापित गर्न पुगे । हाल उनी जोरपाटी स्थित अलङकार संगीत साधना परिवारमा आफै कार्यकारी प्रमुख भएर काम गर्दै आउनु भएको छ । त्यसो त गायक कुलुङ संगीत गुरु मात्र नभएर उहा राम्रो छवी बोकेको पत्रकार पनि त हुन । उहाँ हाल ईन्डिजिनेश टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि हुन् । अब भने निरञ्चतर साधना र मिहेनतसँगै सँगीत क्षेत्रमा केही गर्ने सोच बनाएको कलाखबरलाई बताए । हाल उनी कुलुङ साँस्कुतिक विभागको महासचिप पनि हुनुहुन्छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...