Logo

चलचित्र ‘लम्फू’को तीन पोस्टर सार्वजनिक


कलाखवर संवादाता,फागुन ३- प्रदर्शनको तयारीमा रहेको चलचित्र ’लम्फू’का पोस्टरहरु सार्वजनिक भएका छन् । सार्वजनिक तीन पोस्टरहरु फरक–फरक प्रकृतिका रहेका छन् ।

पोस्टरमा चलचित्रका कलाकारहरू कबिर खड्का, सलोन बस्नेत, सञ्जित भण्डारी, मरिस्का पोखरेल र चाँदनी शर्मा फिचर छन् भने तरकारीवालीको नामले संसारभर भाईरल बनेकी कुसुम श्रेष्ठ पनि छिन् ।कुसुमले हातमा सेतो गुलाबको फुल लिएकी छन् ।

’लम्फू’का पोस्टरहरु टौवा क्रियशनले तयार पारेको हो । गोपालचन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र लम्पुले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरू प्रस्तुत गर्छ ।

प्रतिक्रिया दिनुहोस्