लभ लेटर र अफरको ओईरो, रक गायीका स्वरस्वती लामालाई

 

काठमाण्डौ,८–मंसिर, राजकुमार राई । सोलुखुम्बुको दुधकुण्ड गाउँपालिका गार्मालाई आफ्नो जन्म थलो बनाई संगीत क्षेत्रमा उदाएकी स्वरस्वती लामा यतिखेर निकै चर्चामा छिन् । सबैको   नजरमा होट अनि रक गायीकाको नामले चिरपरिचित लामा यतिखेर दैनिक रुपमा देश विदेश लगायत विभिन्न स्टेज कार्यक्रममा व्यस्त रहेको बताउछीन् । त्यसो त कयौ युवाहरु उहाको फयान नै भइसकेका छन् ।

कसैकसैले दोस्रो ज्योति मगरको उपमा दिदै अब कपडा खोलेर स्वरस्वती लामाले पनि अङग प्रदर्शन गर्न थाल्यो भन्ने आरोप पनि लगाएका छन् । तर जसले जे आरोप लगाए पनि, भित्री रुपमा आफु पवित्र भएकोले रिसाउनु भन्दा पनि हाशेर उडाउदा राम्रो हुने उहाको बुझाई रहेको छ ।  फ्युचर कल्चरबाट सांगीतिक यात्रा गरेका गायीका आम दशर्कले माया गरेकै कारण छोटो समयमा नै चर्चा कमाउन सफन भएको बताउछीन् ।

एक दशक लामो समय पार गर्दै सांगीतिक आकाशमा उदाएकी गायीकाले करिब तीन दर्जन भन्दा बढी सांगीतिक कोसेली आम दर्शक तथा स्रोता माझमा ल्याई सकेका छन् । सबै आम दर्शकले रुचाएका उर्वसी एल्लमा साभार, उडी जाने हावाले भन्ने, गीतले भने स्वरस्वती लामा भनेर रामैसँग चिनाएको उहाले कलाखबरलाई बताइन् ।

गीतको हाउभाउ अनुसार आफू अलि गल्याम्मर भइै दिन्दा आम दर्शकले बढी उहाको प्रस्तुति मन पराएको समेत लामाले बताइन् । कलाकारीता जगतमा पाईला चाल्दै गर्दा, आफुलाई सम्हाल्नै नसक्ने गरी लभलेटर र अफर समेत आएको यहाको भनाई छ । कयौले आफुलाई अनेक धन सम्पतिको प्रलोभन देखाई फसाउन खोजे पनि आफू मनको धनि भएको कारण नफसेको र अब पनि नफस्ने उहाको भनाई छ ।

आफुले समाज सेवा गर्न रुचाउने भएकोले हरेक कर्यक्रमबाट कमाएको रकम पनि दीन दुखी तथा असहायहरुको लागी छुटयाउने गरेको बताउछीन् । यद्यपि यदि केटा रोज्नु परयो भने पनि समाजसेवासँगै आफ्नो क्षेत्र बुझ्ने , कला, गला ,गीतसंगीत अनि आफूलाई पनि औधी माया गर्ने आफ्नो रोजाईमा पर्ने बताउछीन् ।

जस्तो सुकै अफर आए पनि नायीका बन्ने चाहाना भने उनमा नभएको बताउछीन् । अबको तीन महिना पुरै कार्यक्रममा व्यस्त हुने भएकोले त्यो समयमा कुनै पनि नयाँ गीत रेकर्ड गर्न  नभ्याउने उहाको भनाई छ । त्यसपछि भने फेरि लगतै अर्को नयाँ निकै चर्चित गीत रेकर्ड गर्ने तयारीमा रहेको बताउछीन् ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...