Logo

मैले मेरा ब्यक्तिगत स्वार्थको लागी कुलुङ गीत गाएको होईन


 

काठमण्डौ,४–मंसिर,राजकुमार राई,  सोलुखुम्बु जिल्लाको महाकुलुङ गाँउपालिका ४ मा जन्मनु भएका अजय कुलुङ एक संगीत पारखी हुन् । आँशु र हाँशोको संगम जीवनको भोगाई अनि कठीनाई र पीडाहरु विसाउने क्रम्मा उहाँ , संगीत विधा अपनाउन आईपुगेका हुन् । निरञ्तर संगीत साधना पश्चात वि.स.२०६५ सालमा पहिलो नजर एल्वम गरेपछि गायक बन्न सफल भए । त्यसपछि वि.स. २०७१ सालमा आफ्नो मात्री भाषाको सानिवा नामक एल्वम समेत निकाल्न सफल भए ।

गायक कुलुङ आफ्नो ,समुदायको उत्थान र विकासका लागी केही गरौँ र गराऊ भन्ने उद्देश्यले निरञ्तर उदाहरणीय कार्यमा लागी रहे । कुलुङ संघको महत्वपूर्ण पदमा रहेर निरञ्तर समाज परिवर्तन मुखी कार्यमा लाग्न पनि पछि परेनन् । गायक कुलुङ वि.स.२०६४ सालमा नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघ जिल्ला कार्य समिति सोलुखुम्बुको उपाध्यक्ष भए । वि.स. २०६८ सालदेखी वि.स. २०७० साल सम्म काठमाण्डौ जिल्ला कार्य समितिको उपाध्यक्ष भए ।

त्यस पछि वि.स.२०६९ सालदेखि हाल सम्म केन्द्रीय कार्य समितिको सह–कोषाध्यक्ष तथा महाकुलङ साँस्कृतिक परिवारको महासचिप समेत बन्न सफल भए । सिकिवा नामक कविता संगह वि.स.२०६५प्रकाशन गर्न भएको थियो । कुलुङ भाषा तथा नेपाली भाषा समाबेश गरिएको (मातृ भाषा सँगालो) नामक कविता संगह्र पनि सन २०१३ बाट लगातार सन २०१६ सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रकाशन गरेका थिए ।

उहाँले सानिवा एल्वम पछि महाकुलुङ साँस्कृतिक परिवारको नाम राखेर वि.स.२०७३ सालमा पोम्लालुङ नामक ( एल्बम ) समेत निकालेका थिए । जसमा ताम्सीचिम पोम्लालुङ्,छेम्सीम्सो पोम्लालुङ्, केई खोलोङ सोम्छा ईबुम्ङा , नाक्क सोलोमे आम्मि यो, ओमि यो, महाकुलुङ भुमीमाथी कुलुङ बस्ति धेरै जस्ता चर्चित गीतहरु समावेश गरिएका थिए । यसरी हाल सम्म थुप्रै कुलुङ भाषाका कविता , गजल, मुक्तक, कथा संगह्र तथा हरेक गीत संगीत समेत गायक कुलुङले पस्काई सकेका छन् ।

तमाम कुलुङ समुदायको उत्थान र विकासका निम्ति आफ्नो आधा जिवन नै सर्मपण गरी अगाडी बढ्दै, केही सफलता हात पार्न लाग्दा आफ्नै समुदायका केही व्यक्तिहरुले मान सम्मान र हौसला दिन त कता न कता बरु उल्टै बदनाम र आरिस गर्न खोजिएको उहाको भनाई छ । आफ्नै समुदाय भित्रका केही नबुभ्ने व्यक्तिहरुले गायक कुलुङले नेपाली भाषाको गीत गाएर चर्चामा आउन नसेर कुलुङ भाषाको गीत गाएको हो, भनेर आफ्नो बद्नामी गरेको प्रति भने उहालाई एक्दमै दुःख लागेको गायक कुलुङले कलाखबरलाई बताउनु भयो । हुन त यो हाम्रो नेपाली समाज यस्तै छ ।

आफू पनि गर्न नसक्ने, अरुले गरी खाएको पनि देख्न नसक्ने ।जसले गर्दा नै हाम्रो नेपाली समाज माथी उठन नसकेको हो । साच्चीकै एउटा विवेकशील व्याक्ति हो भने,उसले समाजमा देखिएको असल कार्यको त सम्मान गर्न जान्नु पर्छ । हरेक कलाकारको कला, गला, तथा साहित्यक प्रतिभाको त कदर गर्न जान्नु पर्ने हो । वास्तवमा अरु युवा हेर्ने हो भने अजय कुलुङको उमेरकोले यति धेरै काम गरेर देखाउन गाह्रै पर्छ । यी गायक कुलुङको उमेरका अरु युवाहरु शास्त्रिय संगीत सिकेर आफु चर्चामा आउनका निम्ति रक, हिप, पप, गीत जस्ता गाउने तिर लाग्छन् ।

तर जस्को अलवा कुलुङले भने नेपाल सरकारले गर्ने काम गरि रहेको छ । उहाको जस्तो तनमन र निस्वार्थ भावनाले अरुले पनि गर्न सकेको भए आजको नेपाली कुलुङ समुदाय पनि उच्च शिखरमा पुग्थ्यो । आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा छुट्टै जातिको रुपमा पनि सुचीकरण भईसक्थ्यो होला । तसर्थ अरुको बदनाम् र खुट्ट कमाउन तिर लाग्नु भन्दा पनि आफुले पनि केही गर्न तिर लाग्नु बुद्धीमानी हुन्छ ।
अबको भावी योजनाको रुपमा बने कुलुङले फेरी अलङकार नामक तीन लिपिमा कविता संगह्र समेत ल्याउन लागेको छ । जसमा किराँत कुलुङ, नेपाली,अङग्रेजी गरी तीन भाषा समेत समेतिने गायक कुलुङले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्