Logo

मलेसियामा गायीकाको उत्कृष्ट अवार्ड भूमिका गिरीलाई


काठमाडौं –फागुन, ७, राजकुमार राई । चर्चित लोक दोहोरी गायिका भुमिका गिरी मलेसियामा सम्मानित भएकी छन् । उनले मलेरियामा आयोजित ‘हिमालयन इन्टरनेश्नल नेपाली म्युजिक अवार्ड’मा सर्वोकृष्ट नव गायिकाको उपाधि जितेकी हुन् ।

पछिल्लो समय स्टेज क्विनको रुपमा चिनिएकी गायिकाको यो तेस्रो अवार्ड हो । उनले गीत संगीतबाटै स्वदेशका बिभिन्न अवार्ड समेत हात पारेकी छन् ।बिदेशमा अवर्ड पाउदा निकै खुसी लागेको गायिका गिररीले कलाखबरलाई बताईन् ।

अवाडएले अगाडि बढ्न झन् हौसला प्रदान गरेको समेत उहाको भनाई थियो । छोटो समयमा चर्चा कमाउन सफल गायिका भुमिकाले नेपाली लोकसंस्कृतिको संरक्षण गर्नका लागी नेपाली परम्पराको एवं भेषभुषामा रमाउँदै लोक गीत गाउने गरेकी छन् ।
प्राय स्टेज कार्यक्रममा नेपाली पहिरन नछोड्ने गायिका भुमिका केही पहिले चर्चित लोक गायक रामजी खाँणसँग ‘सरर आउँ माया’ गीत सार्वजनिक गरेकी छन् । यो गीतले अहिले सांगीतिक आकाशमा राम्रो चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्