मंसिर ७ गते राती १२ बजेबाट मौन अवधि सुरु हुने

काठमाडौं ,६,मंसिर, राजकुमा राई, । २०७४ मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २०७४ मंसिर ७ गते बिहीबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि सुरु हुनेछ ।
मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।
पहिलो चरणको निर्वाचनका लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रसारप्रसार जारी रहने भएकाले पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा समाचार माध्यमहरूबाट प्रकाशन तथा प्रसारण गरिने समाचारजन्य सामग्रीबाट पहिलो चरणमा निर्वाचन हुने जिल्लाका मतदातालाई समेत प्रभाव पर्ने भएकाले सो अवधिमा निर्वाचन आचारसंहिताविपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रशारण नगर्न अयोगले आग्रह गरेको छ ।।
निर्वाचन आचारसंहिता ९तेस्रो संशोधन २०७४० २०७२ मा मौन अवधिमा पालना गर्नुपर्ने कुराहरू स्
१। निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने
२। मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
३। एस।एम।एस।, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
४। मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

स्रोत रातोपाटी डट कम

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...