Logo

नयाँ सरकार नभए सम्म नियुक्त जारी रहने ः मन्त्रि बस्नेत


 

काठमाण्डौ, ४ –पौष, सुनिता राई । सरकारका प्रबक्ता एबंम सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले अर्को नयाँ सरकार नभए सम्म नियुक्ति जारी रहने बताउनु भएको छ । सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले उक्त कुरा बताउनु भएको हो । रिक्त रहेका पदहरु यहि सरकारलेनै नियुति गर्ने उहाँले दाबी गर्नुभयो ।

वर्तमान सरकार लामो समय सम्म बसिरहन नचाहेको उहाँको भनाइ छ । सरकारको वहिर्गमन विधि र प्रकिृया बमोजिम हुने मन्त्री बस्नेतको विश्वास छ । अर्को एक प्रसंङ्गमा राष्ट्रिय सभाको गठन सम्बन्धि विध्येक राष्ट्रपतिको कार्यलयमा थन्किनु विडम्बना भएको उहाँको भनाई छ । विध्येक पारित नहुनुमा बाम गठबन्धनका शिर्ष नेताहरुले राष्ट्रपतिलाई उक्साएको बस्नेतको आरोप छ । बस्नेतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवा पद हस्तान्तरण गर्न आतुर रहेको उहाँले बताउनु भयो । राष्ट्रिय सभाको गठन नभएसम्म यहि सरकारले निरन्तरता पाउने, नभएमा संबिधानको मर्म र भावना विपरित हुने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्