Logo

मतदान स्थलमा बुट कब्जा हुन थालेपछि झडब, कांग्रेस नेता बिक्रम घाईते, मतदान ठप्प


आछाम,२१ मंसिर,कलाखबर संवाददाता । अछामको वाम गठबन्धनका कार्यकर्ताहरुले बुथ कब्जा गर्न खोजेपछि झडप सृजना भएको छ ।साफेँबगरमा नगरपालिका वडा नं १३ राष्ट्रिय मावि मतदान केन्द्रमा बामगठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि झडप भएको हो ।

त्यसक्रममा काङ्रेस नेता बिक्रम ब। कुवँर घाईते भएका छन् । कुवर अधिबक्ता समेत हुन । घटनास्थलमा रहेका स्थानीयहरुले दिएको जानकारी अनुसार अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

मतदान ठप्प बनेको छ भने नेपाली सेनाको टोली घटनास्थलमा पुग्न लागेको बताइएको छ ।स्थिति नियन्त्रणका लागि ब्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । आफ्नो हार निश्चित भएपछि बाम गठबन्धन बुथ कब्जामा उत्रिएका उत्रिएको काँग्रेसको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्