Logo

मेची महाकाली फेमेली रोधी घरद्वारा बृद्धा आश्रमलाई सहयोग रकम हस्तान्तरण


 

कलाखबर संवाददाता,२०,साउन काठमाण्डौं । मेची महाकाली फेमेली रोधी घरले वरिष्ठ नागरिक समाज वृद्धा आश्रमलाई शनिबार सहयोग रकम १५,००५ रुपैया हस्तान्तरण गरेको छ । विगत एक वर्षदेखि सञ्चालनमा आएको यो फेमेली रोधी घरले आफ्नो प्रथम वार्षिक उत्सबको बिक्रिबाट उठेको जम्मा रकमको १० प्रतिशत यो वृद्धा आश्रमलाई दिने घोषणा गरेका थिए ।

यो रोधी घरले दुई दिन मनाएको आफ्नो वार्षिक उत्सवबाट जम्मा १,३०,००० रकम उठाएका थिए । त्यसमा २००५ रुपैयाँ थप गरि रु १५,००५ यो वृद्धा आश्रमलाई हस्तान्रण गरिएको हो । सो रकम मेची महाकाली फेमेली रोधी घरका सञ्चालिका सुनिता लामा ठुकुरीे तथा म्यानेजर भीम राईले वरिष्ठ नागरिक समाजका अध्यक्ष कृृृष्ण कुमार ढकाललाई हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण पछि वृद्धा आश्रमका अध्यक्ष ढकालले फेमेली रोधीघरले उदाहरणीय कार्य गरेर समाज सेवामाअतुलनीय हात अगाडी बढाएकोमा प्रशंसा सहित धन्यबाद ज्ञापन गर्नु भयो । साथै विगत वर्षदेखि यो रोधी घरले यस वृद्धा आश्रमलाई सहयोग गर्र्दै आएको समेत उहाले बताउनु भयो ।

धेर थोर संस्थाले सकेको सहयोग आज यो वृद्धा आश्रमलाई गर्न पाउदा सम्पूर्ण रोधी घर परिवार हर्षित भएको म्यानेजर भीम राई बताउनु भयो । आम दर्शक तथा ग्राहकहरुको माया पाएर यस संस्थाले अझै उन्नति गरेको खण्डमा फेरि पनि आगामी वर्ष यसरी नै यो वृद्धा आश्रमलाई सहयोग गर्ने अठोट समेत राईले गर्नु भयो ।

वृद्धा आश्रमका सबैलाई मेची महाकाली फेमेली रोधी घरले खादा लगाएर सम्मान समेत गरेका थिए । फलफूल ,जुस, तथा नगद वितरण गर्न रोधी घरको तर्फबाट सञ्चालिका सुनिता लामा ठकुरी, म्यानेजर भीम राई, ग्रुप लिडर चक्र अविरल, लगायतका कलाकार टोलीहरु पुगेका थिए ।

कार्यक्रमलाई उद्घोषण गर्दै चक्र अविरलले यस वर्ष केही सुरुवाट मात्र गरिएको र आगामी दिनहरुमा रोधी घरले पनि केही प्रगती गर्यो भने १० प्रशित दिने भनेको ठाउँमा ५० प्रतिशत पनि सहयोग गर्न तयार रहेको बताउनु भयो । गत वर्ष यो रोधी घरले वाल आश्रमलाई सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्