Logo

मेची महाकाली रोधीघरले आफ्नो वार्षिक उत्सबबाट उठेको रकम जेष्ठ नागरिक बृद्घ आश्रमलाई सहयोग गर्ने


राजकुमार राई,१७, साउन–काठमाण्डौँ । मेची महाकाली रोधीघरले आफ्नो प्रथम वार्षिक उत्सब भब्य र सभ्य रुपमा मनाएको छ । नयाँबजारको धारा गल्लिमा अवस्थित यो रोधीघरले विगत एक वर्षदेखि लोक तथा दोहोरी पारखी मनहरुलाई मनोरञ्जनात्मक प्रस्तुति दिदै आईरहेको छ ।

गत शनिबार र आईतबार भब्य र उल्लाशका साथ दुई दिन आफ्नो वार्षिक उत्सब मनाएको छ । सो अवसरमा यो रोधी घरले यसबाट संकलित रकम सोह्र खुट्टेमा रहेको जेष्ठ नागरिक समाज बृद्घाआश्रमलाई हस्तान्तरण गर्ने जनाएको छ ।

आफ्नो वार्षिक उत्सबको दोस्रो दिन मेची महाकाली रोधीघरका परिवारहरु अध्यक्ष भक्त राई, सुनिता लामा, प्रवन्धक भीम राई तथा अन्य कलाकारहरु सहितको टोली आईतबार साँझ बृद्घाआश्रममा पुगेर फलफूल तथा जुसहरु वितरण गरेका थिए ।

बाँकी रकम भने दुई दिन भित्र संस्थाको बैठक बसेर के कति दिने भन्ने विषयमा टङ्गो लगाउने यस रोधी घरका अध्यक्ष तथा समाज सेवी भक्त राईले बताउनु भयो । रकम हस्तान्तरण गर्ने समय र मिति भने आगामी शनिबार १९ गते तय भएको समेत उहाँले जानकारी दिनु भयो ।

साथै धेरथोर गत वर्ष पनि यो आश्रमलाई सहयोग गरिसकेको उहाको भनाई थियो । सबैको साझा चौतारी अनि मनोरञ्जनको संगम थलो बनेको यो रोधी घरले अब नयाँ समाज सेवामुखी कार्यमा समेत अघि बढ्ने यस संस्थाकी सस्थापक सुनिता लामाले बताईन् ।

पहिलै देखि समाज सेवा गर्ने चाहना रहेको र जुन यो रोधीघरको वार्षिक उत्सवसँगै पुरा भएको समेत लामाले बताईन् । यस रोधी घरको वार्षिक उत्सबसँगै जेष्ठ नागरिक समाज बृद्घाआश्रमलाई सहयोग गर्न पाउदा निकै खुशी भएको समेत उहाँकी भनाई थियो ।

थुप्रै दोहोरी सााँझको प्रतिस्प्रधा चलिरहेको बेला यो रोधी घर भने छुट्टै नमुनाको रुपमा स्थापित भएको छ । यो रोधी घरले आनन्द र रमणीय पारिवारिक वातारणमा विगत एक बर्षदेखि मनोरञ्जनात्मक प्रस्तुति दिदै आएको छ । आफ्नो प्रथम बार्षिक उत्सब मनाई रहदा आम दर्शकहरुमा निकै खुशीयाली छाएको देखिए ।

लब्ध प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मी लगायतका बाक्लो उपस्थिति रहेका थिए । उपस्थित सम्पूर्ण अतिथिहरुलाई खादा तथा टिका लगाएर मेची महाकाली रोधी घरले सम्मान गरेको थियो । दुई दिन लगातार केक काटेर उल्लासपूर्ण माहोलमा यो रोधी घरले आम दर्शक माझमा खुशीयाली बाँडेको थियो ।

स्टेज निकै रंगीचङगी सजिएको थियो । कलाकारहरु बीचको घम्साघम्सीले माहोल निकै रौनक बन्यो । रोधीघर बाहिरका चर्चित कलाकारहरु भुभिका गिरि, निकेश राई, मेरि राई , रोकेमी राई तथा अन्य थुपै्र कलाकारहरुले रोचक प्रस्तुति दिएका थिए ।

निकेश राईले धरान धनकुटा भेरि टार बोल्को गीत प्रस्तुत गरि रहदा रोधी घरका कलाकार तथा आम दर्शकहरुमा निकै रमाईलो माहोल छायो । दर्शकको ताली र हुटीङले रोघी घर संगीतमय माहोल बन्यो । विहान दश बजेदेखि मेची महाकाली रोधी घरका चर्चित कलाकारहरुले सुरिलो भाका अनि मन छुने नृत्य प्रस्तुत गर्दै आम दर्शकको मनलाई लठ्ठै बनाए ।

कहिले मारुनी भाका त कहिले देउरा भाका, कहिले रोधी भाका,कहिले कौडा भाका, अनि कहिले दोहोरी भाका तथा लोक भाका समेतको विभिन्न रोचक तथा मन छुने साँगीतिक प्रस्तुतिले दिन र रात्रीकालीन प्रहरलाई समेत उल्लासमय बनाए ।

आफ्नो प्रथम बार्षिक उत्सबबाट आम दर्शक,शुभचिन्तक,ग्राहकवर्ग,कलाकार तथा पत्रकारहरुको उपस्थिति र सहयोग देख्दा यो रोधी घर निकै हर्षित बनेको र अझै यसलाई व्यावस्थित बनाउन ऊर्जा मिलेको प्रवन्धक भीम राईले बताए ।

साथै विगत ५ महिनादेखि हरेक शनिबार दिवा सेवाको रुपमा समेत मनोरञ्जनात्मक प्रस्तुति दिदै आएको उहाँले कलाखबरलाई बताउनु भयो ।

फोटो फिचर

कार्यक्रम स्थलमा कलाखबरले लिएका आकर्षक तस्बिरहरु

 

प्रतिक्रिया दिनुहोस्