Logo

डिपास इन्टरनेशनलले नेपालमा पहिलोपल्ट आयोजना गरिरहेको ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७’को अडिसन शुरु


DPAS International Beauty contest

 

DPAS International Beauty contestछिरिङ शेर्पा, काठमाडौं, १४ भदौ । सौन्दर्य प्रतियोगिताको दुनियाँमा एक फरक विशेषतासहित आयोजना भइरहेको ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७’को अडिसन शुरु भएको छ । डिपास इन्टरनेशनलले नेपालमा पहिलोपल्ट आयोजना गरिरहेको उक्त प्रतियोगिताको पहिलो अडिसन काठमाडौंस्थित दरबारमार्गको नव्यता कम्प्लेक्समा सम्पन्न भएको हो ।

सो अडिसनमा ५८ युवतीहरुको सहभागिता रह्यो । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय अनुभव संगालेका फेसन कोरियो ग्राफर प्रसान्त ताम्राकार, सञ्चारकर्मी निलम चन्द, फेसन डिजाइनर बिना घले अनि आयोजकका तर्फबाट पासाङ शेर्पा (छेल्हामु) निर्णायक मण्डलमा रहनुभएको छ ।

इच्छुक प्रतियोगिहरुलाई ध्यानमा राख्दै अर्को छनोट कार्यक्रम यही आउँदो शनिबार पुनः राखिएको आयोजकले जनाएको छ । जसका लागि शुक्रबारसम्म आवेदन खुल्ला रहनेछ ।

 

Miss Intercontinental Nepal 2017

प्रतियोगिताबाट नेपालभरिका महिलाहरुवीच प्रतिस्पर्धा गराई मुलुककै सुन्दर र क्षमतावान सुन्दरी छनौट गरिने आयोजक संस्था डिपास इन्टरनेश्नलका संस्थापक तथा मिस इन्टरकन्टीनेन्टल नेपालका नेशनल डाइरेक्टर पासाङ शेर्पा ९छेल्हामु०ले बताउनुभयो । उहाकाअनुसार प्रतियोगितामा सहभागिहरुमध्ये बढीमा २५ जना छनोट गरि काठमाडौंमा एक महिने प्रशिक्षण दिएपछि फाइनल राउण्डमा पठाइने छ । मिस ईन्टरकन्टिनेन्टल नेपाल २०१७ को अन्तिम छनोट भने आउदो असोज ८ गते हुनेछ । यसको विजेता विश्वभरीका प्रतियोगिहरुवीच मुम्बाईमा नोभेम्वरमा हुने मिस ईन्टरकन्टिनेन्टल २०१७ प्रतियोगितामा सहभागि गराइनेछ ।

प्रतियोगिताले महिलाहरुको रुप मात्रै नभई उनीहरु भित्र भएका क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई समेत पहिचान गरि विभिन्न क्षेत्रमा स्थापित गराउनुका साथै सामाजिक अन्तर्घुलन, अन्तरदेशीय सम्वन्ध, संस्कार, संस्कृति, भिन्न राष्ट्रिय पहिचानलाई एकताको सुत्रमा बाध्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्