मिस क्विईन तनहुँको उपाधि सञ्जुले हात पारिन्

तनहुँ–२०, राजकुमार राई ‘मिस क्विईन तनहुँको ताज सन्जु थापा मगरले पहिरिन सफल भएकी छन् । दमौलीमा शनिबार साँझ सम्पन्न मिस क्विन तनहुँको सिजन २ मा १४ जना प्रतियोगीलाई पछि पार्दै व्यास नगरपालिका १२छिर्कने निवासी १७ बर्षकी सन्जुले उपाधी चुमेकी हुन् ।
प्रतियोगितामा दमौलीकी मुना थापा फस्ट रनरअप भइन् । सेकेन्ड रनरअपको उपाधी अनु श्रेष्ठले जितिन् । त्यस्तै शर्मिला राना मगरले थर्ड रनरअपको भइन । त्यसैगरी भिउअर च्वाइसमा अश्मिता सेरचनले उपाधी जितिन् ।

प्रतियोगिताको निर्णायकमा चर्चित नायिका सन्चिता लुइँटेल, निर्देशक दीपक खाड र म्यान अफ द वल्डका डा। श्रीराम ठकुरी रहेका थिए । उपाधी संगै सन्जुले टिभियास स्कुटर प्राप्त गरेकी छन् । प्रतियोगिताको फस्ट रनरअपले १० हजारको चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो, सेकेण्ड रनरअपले ५ हजारको चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो, थर्ड रनरअपले ५ हजारको चेकसहित ताज, प्रमाणपत्र तथा मायाको चिनो प्राप्त गरेका छन् ।

उपाधी विजेताहरुलाई व्यास नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले पुरस्कर वितरण गरेका थिए । उक्त प्रतियोगितामा तनहुँका १५ जना युवतीहरुको सहभागिता रहेको आयोजक सस्थाकी अध्यक्ष सरिता थापाले जानकारी दिइन । तनहुँ इभेन्ट म्यानेजमेन्टको आयोजनामा प्रतियोगिता भएको हो ।

 

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...