Logo

मिस शेर्पा २०१७ को उपाधि सोनाम डोल्मा शेर्पाको पोल्टामा


 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

छिरिङ्ग शेर्पा, १४ पौष काठमाडौँ । सुन्दरी सोनाम डोल्मा शेर्पा मिस शेर्पा २०१७ को उपाधि विजेता भएकी छिन । १२ जना प्रतिष्पर्धीहरुलाई पछाडी पार्दै ऊनी मिस शेर्पा २०१७ को ताज हात पार्न सफल भएकी हुन्। यसका साथै उनले मिस वेस्ट वाकको अर्को अवार्ड पनि आफ्नै नाममा दर्ता गराईन । यस संगै मिस शेर्पा २०१२ कि मिस शेर्पा विजेता छिमी शेर्पाले मिस शेर्पाको ताज सोनाम डोल्मा शेर्पालाई पहिराई दिएकी थिईन् ।

राजधानीको तिनकुने स्थित रोयल ईभेंटमा आयोजित कार्य्रकममा सहभागी सुन्दरीहरुको शेर्पा सांस्कृतिक स्याब्रु नृत्यबाट औपचारिक कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा गायक मिंग्मा शेर्पा तथा गायक दोर्जे शेर्पाले पनि वेजोड सांगितीक प्रस्तुति दिएका थिए।यस सौन्दर्य प्रतियोगितामा सेकेन्ड रनर अप मिङ्मा याङजी शेर्पा र फस्ट रनर अप ल्हामु शेर्पा बनिन् ।

सहभागी सुन्दरीहरुमध्ये मिस वेस्ट हेयरको अवार्ड पेमा ल्हामु शेर्पाले हात पारिन भने मिस वेस्ट स्किन अवार्ड छेतेन शेर्पाले र मिस वेस्ट पव्लिक च्वईस अवार्ड दाबुटी शेर्पाले प्राप्त गरेका थिए । वेस्ट फ्रेन्डशिप अवार्ड भने तेन्जिंग डोल्मा शेर्पाले र मिस फोटोजेनिक अवार्ड प्रिती शेर्पाले हात पारेका छन् । प्रतियोगीतको सेकेन्ड रनर अप विजेता ल्हामु शेर्पाले मिस ट्यालेन्टको अवार्ड पनि जितिन् ।उक्त इभेन्टमा ख्यातिप्राप्त कलाकार, गायक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मिस शेर्पा २०१७ को उपाधि जित्न सफल सुन्दरी सोनाम डोल्मा शेर्पाले खुशी व्यक्त गर्दै अब आफु आफ्नो मौलिक कला संस्कृतिको संरक्षण प्रवर्धन गर्दै समुदायको सर्वोपरी हितमा सदैव सक्रिय हुने जनाईन् ।

 

मिस शेर्पा सौन्दर्य प्रतियोगिता सन् २०१० बाट नै शुरु भएता पनि २०१२ पछि विविद कारणहरुले निरन्तरता पाउन सकेको थिएन ।

आफ्नो मौलिक भाषा संस्कृतिको संरक्षण एवं प्रवर्द्धन, वाक शक्ति तथा व्यक्तित्व बिकास , आत्मविश्वासमा वृद्धिका साथै वृत्ति बिकासको अवसरको शृजना गर्ने उद्देश्यले आयोजना गरिएको मिस शेर्पा प्रतियोगितालाई अब आऊदा वर्षहरुमा पनि निरन्तरता दिदै जाने यस इभेन्टको आधिकारिक आयोजक डिपास ईन्टरनेशनलकि अध्यक्ष पासांग ( छेलामु ) शेर्पाले बताईन ।

प्रतिक्रिया दिनुहोस्