Logo

कीर्तिमानी सगरमाथा आरोही दिकी शेर्पालाई सम्मान, नेपाललाई संसारमा चिनाउने दुई कुरा : सगरमाथा र भगवान बुद्ध भएको पर्यटन मन्त्रिको भनाई


कलाखबर सम्वाददाता , काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि किर्तिमान कायम गर्न सफल कीर्तिमानी आरोही दिकी शेर्पालाई पर्यटन संचार क्लब तथा ट्रेकिंग गाईड एसोसिएसनले संयुक्त रुपमा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरि सम्मान प्रदान गरिएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय रबिन्द्र अधिकारीले कीर्तिमानी आरोही शेर्पालाई सम्मान प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा कलाकार एवं पर्यटन क्षेत्रमा आवद्द व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा आरोही शेर्पालाई सम्मान तथा बधाई ज्ञापन गर्ने क्रममा प्रमुख अतिथि मन्त्रि अधिकारीले पर्यटनको विकासमा सरकार र निजि क्षेत्रको सहकार्यले मात्र लक्ष्य हाशिल गर्न सक्ने तथ्य औंल्याए । संसारमा नेपाललाई चिनाउने दुई ओटा मात्र कुरा मात्र नेपालमा रहेको , जसमा एउटा संसारको सर्वोच्च शिखर सगरमाथा र अर्को भने भगवान बुद्ध भएको उनले बताए ।

कार्यक्रमका बिशिष्ठ अतिथि ट्रेकिङ्ग एजेन्ट्स एसोसियसनका महासचिव आङ्ग पेम्बा शेर्पाले अनिवार्य रुपमा पर्यटकले पथ प्रदर्शक तथा सहयोगी साथमा लैजानु पर्ने व्यबस्था लागु गर्नु पर्ने बताए । हिमाल आरोहणका बेला सरकारद्वारा खटाईने सम्पर्क अधिकृतलाई अहिलेको भन्दा नयाँ ढंगबाट अगाडी बढाउनु पर्ने अथवा अनुभवी सगरमाथा आरोहीहरु संग्लग्न गराउनु पर्ने उनको भनाई थियो।

संखुवासभामा जन्म भई ओखलढुंगामा बस्दै आएकी कीर्तिमानी आरोही शेर्पाले महिला सशक्तिकरणका लागि सगरमाथा आरोहण २०१८ अभियानका साथै लैंगिक समानताका लागि सकारात्मक सोच ,सर्वोच्च शिखरबाट समावेसी समाजको उद्घोष भन्ने नारा लिई यसै वर्षको वसन्त ऋतुमा सगरमाथाको कीर्तिमानी सफल आरोहण गरेकी थिईन । कार्यक्रममा सम्मान ग्रहण गर्दै आरोही शेर्पाले आफ्नो आरोहण अभियानलाई सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुका प्रति धन्यबाद व्यक्त गरिन । उनले यस भन्दा अघि अरु पनि थुप्रै हिमालहरु पनि आरोहण गरिसकेकी छिन ।

प्रतिक्रिया दिनुहोस्