नारी जागृती बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

कलाखवर संम्वादाता,पौष २२- नारी जागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो ९ औं वार्षिक साधारणसभा शनिवार सफलतापुर्वक सम्पन्न गरेको छ । गरिव निवारण तथा सहकारी मन्त्री अम्विका बस्नेतको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री बस्नेतले संस्थाले गरेको योगदानको कदर गर्दै प्रगतिको कामना गर्नुभएको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष धना खतिवडाले चालू आव ०७३- ०७४ मा सहकारीले प्राप्त गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराउनु भयो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको सहभागीता रहेको थियो ।
संस्थाले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजस्वमा गरेको योगदान, रोजगारीलगायत क्षेत्रमा अग्रणी स्थान लिन सफल रहेको उल्लेख गर्नुभयो । संस्थाले सञ्चालनको ९ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा शेयर सदस्य संङख्या ४०० पुगेको अध्यक्ष खतिवडाले जानकारी दिनुभएको छ ।

सस्थाले महिलाहरुलाई व्यवसाय गर्ने अभिप्रेरित गर्नुका साथै उत्थानमा हातेमालो गरेको समेत बताउनु भयो । ललितपुरको महालक्ष्मी नगरपालिका –४ इमाडोलमा सदस्य सुविधा काउन्टर सञ्चालनमा ल्याएको संस्थाले आव ०७३ -०७४ मा २५ लाख ९१ हजार २ सय ७७ रुपैयाँ आम्दानी गरेको छ । त्यसैगरि संस्थाले कुल कारोबारमा आगामी वर्ष ३६ लाख १ हजार रुपैयाँ पु¥याउने लक्ष्य अनुमानित गरेको छ ।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...