Logo

गायीका गोमा कुलुङले ‘उडौ भन्छ यो मन, भने पछि टंक कुलुङले के भने ( भिडियो सहित )


 

कलाखबर संवाददाता,बैशाख–१,काठमाण्डौ । नवदित गायीका गोमा कुलुङको उडौ भन्छ यो मन बोल रहेको म्युजिक भिडियो भर्खरै बजारमा सार्वजनिक भएको छ । स्वरकी धनी गायीका गोमाले सानै उमेरदेखि साँगीतिक आकाशमा रमाउने सपना देखेका थिए । उडौ भन्छ यो मन बोलको निकै मार्मिक लोक आधुनिक गीत पस्केर पहिलो चोटीमै तमाम आम दर्शकको मनलाई लोभ्याएका छन् ।

यो म्यूजिक भिडियोमा दुई युगल जोडी बिचको प्रगात माया प्रेमको प्रसङ्ग पाउन सकिन्छ । सोलुखुम्बु जिल्लाबासी टंक राज होङेलु कुलुङले सो म्यूजिक भिडियोलाई निर्माण गरेका छन् । अवसरको खोजीमा रहेकी गायीका कुलुङ, र निर्माता बिचकोे जम्काभेटले गर्दा यो सुनौलो सपनालाई निर्माता कुलुङले पुरा गरिदिए ।

पेशाले व्यावसी भए पनि समाजसेवा र कलाकारिता क्षेत्र निकै मन परेको निर्माता कुलुङले कलाखबरलाई बताए । यो भिडियोमा मुख्य भुमिकाको रुपमा टंकराज होङेलु कुलुङ, रमा कुलुङ र क्यट्रिन कुलुङको अभिनय रहेको पाईन्छ । रमा र क्यट्रिनको अभिनयमा डेब्यु रहेको छ भने भिडियोमा अन्य कलाकारहरुको पनि उपस्थित रहेको छ ।

उक्त म्युजिक भिडियोलाई निर्देशन, क्यामेरा र सम्पादन सबै राजकुमार कुलुङले
गरेका छन् । हरि कुलुङको शब्दमा रहेको सो गीतलाई क्षितिज कुलुङले संगीत संयोजन गरेका छन् । कथा बस्तु गोविन्द भण्डारीले तयार गरेका छन् भने, ड्रेस डिजाईनर नविना कुलुङको रहेको छ ।

मेक अप आर्टिस्ट प्रमिला चाम्लिङले गरेका छन् । धरानको भिविन्न रमनीय स्थानहरुमा छाँयाङ्कन गरिएका भिडियोलाई हाईलाईटस् म्यूजिकले आफ्नो च्यानलमा अपलोड गरेको छ । नयाँ वर्ष वसन्तको प्रहरसँगै फेरि नयाँ म्यूजिक भिडियो पनि चाडै नै ल्याउने तयारीमा रहेको र निर्माता कुलुङले बताए ।

प्रतिक्रिया दिनुहोस्