Logo

नायीका श्वेता खड्काद्वारा कान्छी चलचित्रको गीत सार्वजनिक



१६,कातिक,काठमाण्डौ, राजकुमार राई, ।सफल चलचित्रको पङ्तिमा पर्ने कोहिनुर पछि फिल्म नै नखेल्ने घोषणा गरेर बसेकी नायिका श्वेता खड्काले अन्तत ३ बर्ष पछी आफ्नै निर्माणमा कान्छी नामको चलचित्र मार्फत दर्शक माझ आउने तयारीमा छिन् ।माघ २६ मा प्रदर्शन मिती तोकिएको कान्छीमा दयाहाङ् राइको कान्छी बनेकी श्वेताले चलचित्रको चरी चट्ट परी गितको भिडियो भने युटुब् मार्फत कार्तिक १६ मा सार्वजनिक गरेकी छिन् ।


३ दिन लगाएर ललितपुरको श्रीकाली चौरमा सेट लगाएर खिचिएको लोक शैलीको गीतमा बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ । राजनराज शिवाकोटीको स्वर संगीतमा अञ्जु पन्तले स्वर भरेको गीतको शब्द पनि राजनराजको नै हो ।अधिकांश दृश्य मुस्ताङमा कैद गरिएको यस फिल्मका छांयाकार पुरुषोत्तम प्रधान हुन् ।

प्रतिक्रिया दिनुहोस्