Logo

चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज


कलाखवर संम्वादाता,पौष २९- नेपाली कथानक चलचित्र ‘नेप्कीन’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । पुरानो सिनामगंलका युवाहरूले सत्य घटनालाई पर्दामा उठाउँदै ‘नेप्कीन’ नाम दिएर यो चलचित्र निर्माण गरेका हुन् ।

ट्रेलरमा वेराजगारीका कारण युवाहरूले धन कमाउन अपनाउने गलत बाटोलाई देखाइएको छ । युवा निर्देशक विनयका लामिछाने निर्देशित ‘नेप्कीन’ मा प्रदीप गिरी, अनिता बस्नेत, विनयका लामिछाने, राकेश केसी, अर्जुन भट्टराई, रविन थापा, देव श्रेष्ठ, सन्तोष लामिछाने लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुवास मगरले छायाङ्कन गरेको चलचित्रमा भूपेन्द्र वानको द्धन्द रहेको छ ।चलचित्रको रिलिज मिति भने तय हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्