Logo

नेपाली सृष्टि बलिउडकी पिंकी


 

काठमाडौं – अभिनेता सौगात मल्लसँगको प्रेमका कारण चर्चामा छाउने गरेकी पुर्व मिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको बलिउडमा पाइला बढाउने तरखरमा छिन् ।

‘गाजलु’ डेब्यू गर्ल सृष्टि श्रेष्ठ यतिबेला वलिउड फिल्मको तयारीमा छिन् । नेपालमा समेत छायांकन हुन लागेको यशराज व्यानरको नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’मा सृष्टिको अभिनय रहने पक्का भएको हो । यो ड्रामाटिक थ्रिलर फिल्मलाई दिवाकर बनर्जीले निर्देशन गर्दैछन् ।

फिल्ममा अर्जुन कपुर र पनिणीति चोपडा लिड अभिनयमा रहने छन् । धेरै नेपाली अभिनेत्रीहरुले वलिउड मोह देखाउँदै गर्दा सृष्टि भने यो फिल्मको लागी पहिलो अडिसनबाट नै छनोट भएकी हुन् । केहि महिना पहिले फिल्म ‘रोमियो एण्ड मुना’ को छायांकनको क्रममा पुर्वी नेपाल पुग्दा सृष्टि उक्त फिल्मको अडिसनको लागी मुम्बई पुगेकी थिईन् । त्यसपछि अर्को प्रोजेक्ट ‘लाहुरे’मा व्यस्त भएकी सृष्टि त्यसको छायांकन सकाएपछि प्रेमी अभिनेता सौगात मल्लसँग पुनः मुम्बई गएकी थिइन् । सोहि बेला नै वलिउडको बिग ब्यानर यशराज फिल्मस् को ‘सन्दीप और पिंकी फरार’मा सृष्टि फाईनल भएकी थिईन् ।

दुई भिन्न सहरका युवा युवतीको प्रेम कथा बोल्ने फिल्ममा सृष्टिको भुमिका के कति रहने बाहिर ल्याईएकोछैन् । पुर्व मिस नेपाल सृष्टिले रोहित अधिकारी फिल्मस् को ब्यानरमा बनेको ‘गाजलु’बाट नेपाली रजतपटमा डेब्यू गरेकी थिइन् । त्यसयता केहि फिल्ममा काम गरिसकेकी सृष्टिका अन्य फिल्म भने रिलिज भईसकेका छैनन् । पहिलो फिल्मबाट नै सृष्टिले अभिनयमा तारिफ मात्र भेटिनन् आधा दर्जन बराबर अवार्ड समेत जितिसकेकी छिन् ।

 

‘सन्दीप और पिंकी फरार’ यसअघि नै नेपालमा खिचिने पक्का भईसकेको छ । यो फिल्म पश्चिम नेपालको बैतडी जिल्लाको झुलालघाटमा यो फिल्म छायांकन हुने बताईएको छ । सृष्टिले यसअघि नै वलिउडको पक फिल्मको ‘अन प्लग’ गीतमा अभिनय गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्