Logo

नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुलुस, निर्मला पन्तको घटनामा सरकारको संलग्नता रहेको प्रकाण्डको भनाई


कलाखबर संवाददाता, संवाददाता,८,मंसीर — काठमाडौँ । नेपाल कम्यूनिष्ट पार्टी विप्लवको विशाल जुुलुस सभालाई सम्बोधन गर्दै, पार्टी प्रबक्ता प्रकाण्डले निर्मला पन्त भलत्कारको घटनामा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । सत्ता बाहिर रहेका कम्युनिष्ट पार्टीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्तासीन नेपाल कम्यनिष्ट पार्टी नेकपा बिरुद्ध खनिएका छन् ।

अर्धभूमिगत जस्तै रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य कम्युनिष्ट नामधारी पार्टीहरुले यो राज्य व्यवस्थाबाट देश समृद्ध बन्न नसक्ने ठोकुवा गर्दै जनसत्ताको आवश्यकता औल्याएका छन् र निर्णयक जनक्रान्ति गर्ने भनिरहेका छन् । यता, सत्तासीन नेकपा भने संघीय गणतन्त्रात्मक व्यवस्था आएसँगै मुलुक विकासको तीव्र गतिमा अगाडि बढी रहेको बताउँदै आएको छ ।

यसैबीच, विप्लव नेतृत्वको नेकपाले शनिबार काठमाडौँको भृकुटिमण्डपमा जनसभा गरेको छ । मोहन वैद्य किरणसँग २०७१ मंसिर ८ गते अलग भएर पार्टी पुनस्र्थापना गरेको अवसरमा उसले आज जनसभा गरेको हो ।

                                                                जनताको अदालतमा उभिनुपर्नेछ प्रकाण्ड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री ओली र प्रचण्डल आफूहरुविरुद्ध कुरुप रुपमा उत्रिएको आरोप लगाए । उनले ओली नेतृत्वको सरकार शेरबहादुर देउवा नेतृत्वको सरकारभन्दा पनि बढी निर्मम रुपले आफूमाथि खनिएको आरोप लगाए ।

जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘ओली सरकार हाम्रो पार्टीमाथी अघोषित प्रतिवन्ध लगाएर दमनमा उत्रिएको छ । हामी गलत हो वा सरकार, यसको जवाफ जनताले दिनेछन् । यो सरकारले यस्तै रुपमा हामीमाथि दमन गरिरहे चाँडै जनताको अदालतमा उभिनुपर्ने दिन आउने छ ।’ प्रकाण्डले भने , ‘हाम्रो पार्टीमाथिको दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ । होइन भने सरकारले पुष्टि गरोस्, हाम्रो पार्टी देशद्रोही हो भनेर ।’

फरक प्रसङ्गमा उनले मोहन वैद्य ‘किरण’ ले क्रान्तिको नेतृत्व गर्न नसक्ने देखेर आफूहरु अलग भएको बताए । साथै उनले प्रचण्डको नेतृत्वमा देखिएको विचलनकाविरुद्ध लड्न र ६२र६३ को जनआन्दोनका बाँकी कार्यावहार पुरा गर्न पार्टीको स्थापना गरेका दाबी गरे ।

उनले मुलुकमा यतिबेला चरम संकट उत्पन्न भएको जिकिर गरे । सो संकटलाई समाधान गर्न वर्तमान राज्य व्यवस्था र नेतृत्व असमर्थ रहेको प्रकाण्डले दाबी गरे । ओली सरकारले ९ महिनामा विकासको कुनै खाकासमेत तयार पार्न नसकेको बताउँदै उनले समृद्धको नारा लगाउनुको कुनै तुक नरहेको बताए ।

                                                            प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्छ गोपाल किराँती

सो जनसभामा नेकपा माओवादी केन्द्रका संयोजक किराँती प्रचण्डविरुद्ध खरो रुपमा उत्रिए । उनले प्रचण्डले माओवादी आन्दोलनको विचार र इतिहासलाई तिलाञ्जली दिएको आरोप लगाए । उनले भने, ‘हामीले त्यो विचार र इतिहासलाई छोड्न तयार भएनौँ । बरु प्रचण्डलाई छोडेर हिँडियो ।’

उनले थपे, ‘हिजो महान् भन्ने प्रचण्डमा आज विश्वका पूँजीपति र दलालले पाउने नोबेल पुरस्कारको आशक्ति बढेको छ । यो पुरस्कार कसले पाउँछ भने चीनका दलाइ लामाले पाउँछन्,’ उनले प्रचण्डको प्रवृत्तिको उछितो काड्दै त्यस्तो प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने बताए ।

                                         नेकपा भ्रष्ट–दलालहरुको एनजीओहरुको समूह  ऋषी कट्टेल

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालमा ५० वर्षको कम्युनिष्ट आन्दोलनमा पचासौँ पटक पुनःगठन दुःखद् भएको बताए । उनले अहिले पुनर्गठन आवश्यक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नाम गरेको पार्टी भ्रष्ट–दलालहरुको एनजीओहरुको समूहले चलाएको गम्भीर आरोप लगाए ।

उनले भने, ‘प्रचण्ड र ओली समूहले नेतृत्व गरिरहेको कम्युनिष्ट पार्टीको सरकारविरुद्ध क्रान्तिकारी कम्युनिष्टहरु संघर्षमा उत्रिनु परेको छ ।’

‘नेपाली क्रान्तिको बाटो भनेको बृहत कम्युनिष्टहरुको संयुक्त जनसंघर्षले तय गर्नेछ । अब क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्छ । कम्युनिष्ट आन्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिन्छन्’, उनले भने ।

उनले वर्तमान सरकार  ९ महिनामै नांगिएको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्