Logo

नेपाल किरात कुलुङ भवन शिलान्यास,करिब ढेड करोड रुपैया लागत लाग्ने अनुमान्


 

कलाखबर संवाददाता,२९,मंसिर–काठमाण्डौं । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघले आज राजधानी गोकर्णेस्वर नगरपालीका सुन्ताखानी स्थित आफ्नो सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरेको छ । महाकुलुङ गाउँपालीका सोलुखुम्बु जिल्लाका सांसद मान वीर राई, सांसद उत्तम बस्नेत तथा विभिन्न जिल्लाहरुबाट आउनु भएका पुर्खा कुलुङहरु र अन्य गैर कुलुङहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको हो । आधार भुत सेवा सुविधा र १८ कोठा सहितको चार तल्लाको कुलुङ भवन निर्माण गर्न लागीएको कुलुङ संघका महा सचिव ईन्द्र कुलुङले बताउनु भयो ।

पहिला कुलुङहरुमा जनचेतना नभएको र एक्यबद्धता नभएकोले पनि राज्यले सुचीकृत नगरेको कुलुङको भनाई थियो । पछिल्लो समयमा कुलुङहरुमा जनचेतना जागेको र समुदायको आवश्यकतासँगै आफ्नो भाषा सँस्कृतिको संरक्षणका लागी आज एक भएर भवन निर्माण गर्न लागीएको कुलुङले बताउनु भयो । कुलुङ संघको स्थापना कालदेखि नै संस्थाको हितका लागी महा सचिव ईन्द्र कुलुङले महत्वपूर्ण योगदान दिदै आउनु भएको छ ।

यो भवन निर्माणको मुख्य उद्देश्य राजधानी भन्दा बारि जिल्लाहरुबाट आउने कुलुङ समुदाय भित्रका बिरामीहरु, रोजगारीका सिलसिलामा आएका व्यक्तिहरु, नियमित संस्थाको कार्यहरुलाई अगाडी बढाउन तथा टाढाबाट बिशेष कामले पाहुनाको रुपमा राजधानी आउनु भएका मान्यजनहरुको प्रयोजनका लागी रहेको भवन निर्माण समितिमा अध्यक्ष तथा नेपाली काँगेसका युवा नेता सूर्य कुलुङले बतानु भयो ।

यसका लागी सबै कुलुङ बन्धुहरु एक भएर अगाडी लागी परेको उहाँको भनाई थियो । यो भवन निर्माण कार्य भईसक्दा करिब एक देखि ढेड करोडको लागत लाग्ने अनुमान गरिएको समेत उहाले बताउनु भयो । विभिन्न व्यक्ति, दातृनीकाय तथा सरकारी निकायबाट समेत राम्रो पहल भई रहेको नेता कुलुुले बताउनु भयो । यसका लागी आश लाग्दो आफ्नो पाटीका पदाधीकारी ज्यूहरुबाट समेत सहयोग रकम अनुरोध गरिएको छ, केहिले रकम दिई पनि सक्नु भएको छ कुलुङले भन्नु भयो ।

मिम्छा गुस्खमका सल्लाहकार कोपीला कुलुङले कार्यक्रममा बोल्दै अहिले सम्म कुलुङहरुले काठमाण्डौमा नगरेको काम पहिलो चोटी ऐतिहासिक रुपमा गर्न लागेकोमा खुशी लागेको बताउनु भयो । लामो समयदेखि संघर्ष गर्दै आएका कुलुङ जातीहरुले आज सबैको पहलमा आफ्नो भवन निमार्ण गर्न लागेको कुलुङ संघका अध्यक्ष चन्द सिंह कुलुङले बताउनु भयो ।

कुलुङहरुले आफ्नो भाषा संस्कृतिको प्रयोग गर्न पाउनु पर्छ, यसका लागी सबै कुलङुहरु एक भएर अगाडी बढ्नुको कुनै विकल्प नरहेको समेत अध्यक्ष कुलुङले बताउनु भयो । कुलुङ भवन निर्माणका लागी सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिदै अब चाडै नै कुलुङहरु छुट्टै पहिचान सहितको सुचीकृत हुनु पर्नेमा समेत जोड दिनु भयो । संसद उत्तम बस्नेतले कार्यक्रममा बोल्दै कुलुङहरुको हक हितका लागी जस्तोसुकै अवस्थामा पनि आफू निरञ्तर लागी पर्ने बताउनु भयो ।

पहिले देखि नै कु्लुङहरुसँग आफ्नो हाड्नाता नै जोडिएकाले कुनै पनि हालतमा आफुुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्याक्त गर्नुु भएको थियो । महाकुलुङमा सहज हुनका लागी सबै ठाउँमा मोटर बोटो जोड्न र पुल निर्माण कार्यका लागी यतिखेर आफूहरु तीव्र रुपमा निरञ्तर लागी रहेको समेत उहाँले बताउनु भयो । आफू क्षेत्रीको छोरो भए पनि प्रकृति पुजक भएकोले पनि कुलुङ समुदायहरुसँग नजिक भएको उहाँको भनाई थियो ।

नेकपाका सोलुखुम्बु सांसद तथा प्रमुख अतिथि मान वीर राईले कार्यक्रममा बोल्दै पराचीनकालदेखि नै कुलुङ भाषा पहिचान र सभ्यता रहेको बताउनु भयो । आज एक भएर आफ्नो छुट्टै पहिचान मुलक भवन निर्माण गर्न लागेकोमा खुशी समेत व्यक्त गर्नु भयो । त्यसका लागी सफलताको शुभकामना समेत ज्ञापन गर्नु भयो । अहिले सम्म जति पनि कुलुङहरुले सुचिकृत हुनका लागी पहल गरे पनि सफल भएको छैन ।

त्यसैले अब सबै कुलुङहरु एक भएर आवाज उठाउनु पर्छ राईले भन्नु भयो । आज जति पनि किरात समुदायहरु छन् त्यस मध्ये पनि सबै भन्दा आफ्नो पहिचान र एक्यबद्धताका साथ अगाडी बढ्नेमा कुलुङ जाती पहिलो भएको उहाँको भनाई थियो । निर्माण समितिका सचिव टंक कुलुङले भवन निर्माणका लागी आफूहरु निरञ्तर लागी रहेको बताउनु भयो ।

त्यसका लागी आर्थिक स्रोतहरु खेजीरहेका छौ, केही कुलुङ समुदाय तथा गैर कुलुङ समुदायहरुबाट समेत रकम जुटी रहेको छ । नेपाल सरकार गाउँपालीकाबाट पनि केही रकम निकासा गरिएको छ । अब हामी चाडै यो कामको थालनी गर्छौ कुलुङले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्