Logo

नेपाल एडुकेशन कन्क्लेभ २०१८ सम्पन्न


कलाखबर संवाददाता,फागुन २५- राजधानीमा आयोजित नेपाल एडुकेशन कन्क्लेभ २०१८ सम्पन्न भएको छ । विद्यालयस्तरको शैक्षिक क्षेत्रको विकास, चुनौती तथा बाधकहरुको समाधान खोज्ने उदेश्यले रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित एक दिने सेमिनार बुधबार साँझ सम्पन्न भएको हो ।

सेमिनारमा विद्यालय तहको शैक्षिक क्षेत्रको अवस्था, शैक्षिक प्रणालीको विकासमा देखा परेका समस्या तथा चुनौती, शैक्षिक क्षेत्रको स्तरवृद्धि, शैक्षिक प्रणालीको अवलम्बन तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धन लगायतका विषयमा दुईवटा प्यानल डिसकसन बनाई व्यापक छलफल गरिएको थियो ।

उक्त कन्कक्लेभमा वक्ताका रुपमा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल, प्राध्यापक डा. विद्यानाथ कोईराला, एन व्याप्सनका पूर्व अध्यक्ष कर्ण बहादुर शाही, अभिभावक संघका अध्यक्ष शुप्रभात भण्डारी, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण प्रसाद काप्रे, अष्ट्रेलियाका खोजकर्ता चे जेम्स गार्ड, भारतका शिक्षाविद् पियुष कुमार रोय लगायतको सहभागिता रहेको थियो । प्यानल डिसकसनमा करिब १५० वक्ताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्