Logo

नेपाल किराँत कुलुङ भाषा उत्थान संघद्वारा (किराँती कुलुङ) पुस्तक विमोचन सम्पन्न


तस्बिर ः कला संगम मल्टिमिडिया प्रा.ली.

काठमाण्डौ,९–पौष,राजकुमार राई । नेपाल किराँत कुलुङ भाषा सँस्कृति उत्थान संघद्वारा शनिबार काठमाण्डौको राजधानीमा  ( किराँती कुलुङ) पुस्तकको विमोचन गरिएको छ । समाज सेवी तथा कुलुङ संघका महा–सचिब ईन्द्र बहादुर कुलुङ द्वारा लिखित उक्त पुस्तकलाई कुलुङ संघका अध्यक्ष चन्द्र सिंह कुलुङ,पुर्व सँस्कृति मन्त्रि तथा प्रमुख अतिथि, कृपासुर शेर्पा एवम् विशिष्त अतिथि ढिला राज बस्नेत आदिले विमोचन गरेका थिए ।

 

 

कुलुङ जातिहरुको हरेक पहिचान,कला सँस्कृति एवम् इतिहासका कुराहरु सो पुस्तकमा समिटिएको लेखक कुलुङले बताउनु भएको छ । नेपाली भाषामा लिखित पुस्तक जम्मा २९८ पृष्ठको रहेको छ । सम्पूर्ण कुलुङ, गैरकुलुङ जोसुकैले पनि, उक्त पुस्तक चाहेको खण्डमा कुलुङ संघको कार्यलय काठमाण्डौमा सम्र्पक गर्न सकिने उहाले कलाखबरलाई बताउनु भयो ।

 

अनुसन्धान कार्यमा लागी पर्नेहरुका लागी यो पुस्तक निकै उपयोगी भएको अध्यक्ष चन्द्र सिंह कुलुङले टिप्पणी गर्नु भयो । शिक्षा शास्त्रबाट स्नाकोत्तर हाशिल गरेका लेखक कुलुङको जन्म बाबु डिल्ली राम कुलुङ र आमा पञ्चमाया बान्तावा कुलुङको कोखबाट सूर्योदय नगरपालिका –७ इलाम नेपालमा भएको हो ।

.पुस्तक लेखक ः ईन्द्र बहादुर कुलुङलाई सम्मान गरिदै

 

आजीवन रही समाजको उत्थान र विकासका निम्ति आफ्नो सम्पूर्ण जीवन नै सर्मपन गर्न चाहाने कुलुङले यस पुस्तबाट सङकलित रकम पनि कुलुङ संघको भवन निमार्णको लागी सहयोग गर्ने बताउनु भयो । सो पुस्तकका लागी ढिला राज बस्नेतले रु एक लाख आर्थिक सहयोग समेत गर्नु भएको छ ।

विभिन्न रोगको सिकार बनेका,देशबिदेशमा ज्यान गुमाएका एवम् जेलसजाय भोक्न बाध्य भएका पिडितहरुको लागी कुलुङले उदाहरणीय कार्य समेत गरिदै आएको छ । हाल उहाले नेपाल किराँत कुलङ भाषा संस्कुति उत्थान संघ,धरान उ.म.पा.–५ सुनसरीको महा –सचिव,हिमाल नेचुरल फाईवर फाउन्डेशन,का.म.पा.–४धुम्ब्राही काठमाण्डौ,अध्यक्ष तथा होप हर्मिटेज नेपाल का.म.पा.–२ लाम्जिम्पाट,काठमाण्डौको उपाध्यक्ष जस्ता विभिन्न महत्वपूर्ण पदमा आसिन रहि कार्यसमेत गरिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्