Logo

न्यूयोर्क समाचारका प्रधानसम्पादक श्रेष्ठ सम्मानित


कलाखवर सम्वाददाता, बैसाख २७ ,न्यूयोर्क -अमेरिकाको न्यूयोर्कमा सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार गोकुल श्रेष्ठलाई न्यूयोर्क सिटीका काउन्सिल मेम्बर कोस्टा कन्स्टान्टिनिडेसले सम्मान गरेका छन् ।

मे ९ तारिख बुधबार न्यूयोर्कको क्वीन्समा आयोजना गरिएको साउथ एशियन हेरिटेज सेलिब्रेशन कार्यक्रममा काउन्सिल मेम्बर कोस्टाले पत्रकार श्रेष्ठलाई सम्मान गरेका हुन् । तीन वर्षदेखि न्यूयोर्कबाट पत्रकारिता गर्दै आएका श्रेष्ठ न्यूयोर्क समाचारका प्रधान सम्पादक हुन् ।

उनलाई पत्रकारिताको माध्यमबाट नेपाली एवं नेपाली भाषी समुदायलाई पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्