Logo

नोबेल सकोस साहित्य प्रतिष्ठान द्वारा आठ श्रस्टालाई सम्मान गर्दै


 

 

कलाखबर संवाददाता,१,असार–काठमाण्डौ ।  नोबेल सकोस साहित्य प्रतिष्ठान द्वारा श्रस्टा सम्मान कार्यक्रमको आयोजना हुने भएको छ। कमलादी स्थित, नेपाल प्रज्ञा प्रतिष्ठानमा असार २ गते हुने कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान पु¥याउने लब्ध प्रतिष्ठित स्रस्टाहरुलाई सम्मान् गर्ने भएको छ ।

विशेष गरि नेपाली साहित्यमा लामो समयदेखि योगदान पु¥याउदै आउनु भएका व्यक्तित्वहरुलाई हौशला स्वरुप सम्मान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागीएको हो । सो कार्यक्रम्मा विभिन्न विधाका आठ जना स्रष्टाहरुलाई सम्मान् गर्ने आयोजकले जनाएको छ ।

सम्मान सँगै विभिन्न साहित्यकारहरुबाट साहित्यक रचना समेत वाचन हुने आयोजक तथा साहित्कार राजन न्योपानेले कलाखबरलाई बताउनु भयो । जसका लागी इच्छुक स्रष्टाहरुलाई १ वजे सम्म रचना दर्ता गराइसक्नुपर्ने छ ।

उक्त समारोहमा संचारकर्मी तथा साहित्यकार राजन प्रसाद न्यौपानेको समालोचना दृष्टिको विमोचन समेत हुने भएको छ ।
यस संस्थाले साहित्यिक गोष्टि अन्तरक्रिया र रचना वाचन तथा विभिन्न विधाका पुस्तकहरु प्रकासन, वितरण पनि गर्दै आइरहेको छ ।

उत्कृष्ट रचनाहरु र स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान स्वरुप हरेक वर्षको एक पटक यस किसिम्को कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्