Logo

अपेन द्धारा मन्टेश्वरी स्कूल संचालनमा २० बुँदे आचारसंहिता जारी


कलाखवर संम्वादाता,पौष २७- एसोसिएसन अफ प्रि स्कूल एजुकेटर्स नेपाल (अपेन) ले प्रि स्कूल संचालकहरुका लागि एक दिने नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन सम्वन्धी कार्यशाला सफलतापुर्वक सम्पन्न गरेको छ । मिडिया इन्टरनेसनल अनामनगरमा उक्त कार्याशाला सम्पन्न भएको थियो । अपेन काठमाण्डौ जिल्ला समितिको आयोजनामा संचालित उक्त कार्यक्रममा १०० भन्दा बढी संचालकको विशेष उपस्थिति थियो ।

उक्त कार्यक्रमका प्रमुख अथिति अपेन केन्द्रीय अध्यक्ष बद्री दाहालले प्रि स्कुलले बालबालिकालाई सीप संस्कार र प्रविधि सहितको शिक्षा दिदै रोजगारी बृद्धि र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । यसलाई राज्यले उचित सम्मान गर्नुपर्ने कुरामा स – शक्त जोड दिनुभयो । प्रमुख प्रशिक्षक राजेन्द्र दाहाल रहनु भएको थियो भने कार्यक्रमको सभापतित्व अपेन काठमाण्डौ अध्यक्ष अनुज बस्नेतले गर्नु भएको थियो । अतिथिहरुमा केन्द्रीय महासचिव अभिषेक घिमिरे लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।उक्त कार्यशालाले विशेष गरी प्रि स्कूल संचालन सम्वन्धी २० बुँदे आचार संहिता पारित गरी लागु गर्ने निर्णय गरेको छ ।

साथै संस्थागत तथा व्यवसायिक विकास गरी प्रि स्कूल संचालन कार्यविधि र प्रक्रियालाई प्रभावकारी रुपमा सामुहिक पहल गर्ने र त्यसको स्तर उन्नति गरी भरपर्दो र स्थायित्व कायम हुने गरी व्यवसायिक विकास गर्ने समेत हलले पारित गर्यो । कार्यक्रमको संचालन अपेन काठमाण्डौका सचिव हरिस डीसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्