Logo

पत्रकार रवि लामिछाने विरुद्ध, मुकुण्डेले युटयूब च्यानलमा दिएको अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा खैलाबैला


 

काठमाण्डौ,१७–मंसिर,राजकुमार राई । केही वर्षअघि ( ०५८ देखि ०७० ) सम्म सालसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गर्दै हिँड्ने मुकुन्दे त्यसयता भने सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा जोडिएका छन् । सामाजिक सञ्जालमा उनले अाफूलार्इ भविष्यको कार्यकारी राष्ट्रपति दाबी गर्छन् । र, मुकुन्दल्याण्डका जनतालार्इ सुख र शान्तिले बस्न पाउने व्यवस्था अाफूले मिलाउने बताउँछन् ।

०३५ सालमा भोजपुरमा जन्मिएका मुकु्न्दे ‘भोजपुरमा मोइ खाएर काठमाडौंमा पिसाब फेर्न आउने’ नेपाल देख्न चाहन्छन् । बुढेसकालसम्ममा कार्यकारी राष्ट्रपति बनेर मुलुकको अनुहार फेर्ने महत्वकांक्षा सुनाउने मुकुन्देलाई धेरैले पागल ठान्छन् । तर, उनी भने आाफूलाई राजनीतिक विश्लेषक भएको दाबी गर्छन् ।

‘उत्कृष्ट श्रेणीका विद्यार्थी प्राविधिक डक्टर इन्जिनियर जाने । बल्लतल्ल पास हुनेहरु कर्मचारीतन्त्रमा हालिमुहाली गर्ने । र, फेल हुनेहरु राजनीतिमा लागेकाले देश बिग्रिएको हो । देश बनाउन मास्टर माइन्डहरु राजनीतिमा लाग्नुपर्छ भनेर नै म राजनीतिमा लागेको हुँ ।’ ०५५ सालमा ६९ प्रतिशत ल्याएर पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट ओभरसियर पास गरेका मुकुन्दे भन्छन् ।

०५८/०५९ सालतिर रत्नपार्कस्थित शान्ति बाटिकामा पोते लगाएर बस्थे उनी । ‘नेताहरु सबै नपुंसकजस्तै भएकाले देशमा १५ हजार मान्छे मरेकाले १५ हजार दाना भएको पोते लगाएको हुँ ।’ भन्छन्- ‘म शान्तिबादी हुँ । हिंसा केही मथ्थर भएदेखि पोते फुकालेर राखेको छु ।’आफूलाई वौद्धिक मगन्ते ठान्ने उनी भन्छन् ।

भोजपुर षडानन्द नगरपालिका ९ खार्तम्छामा उनका नाममा १५ रोपनी जग्गा छ । पृथ्वीनारायण शाहको अस्तित्वमाथि प्रश्न गरी इतिहासको पुनर्लेखन गर्नुपर्छ भन्दै हिँडेपछि केही वर्षअघि मुकुन्देलाई प्रहरीले पक्राउ गर्‍यो । पागल हो कि भनेर पाटन अस्पतालसम्म पनि पुर्‍यायो । ‘तर डाक्टरलाई चै बुद्धिचाल अर्थात चेस खेलेर जित्न चुनौति दिएँ ।

त्यसपछि त डाक्टरले परिवारसँग नबुझि केही भन्न नसकिने रिपोर्ट दिए । प्रहरीले पनि छाड्यो ।’ मुकुन्दे भन्छन् ।यसै बीच अहिले सामाजिक संजालमा चर्चाको शिखरमा रहेको ” युएईमा कार्यरत अष्टमी गुरुङ आत्महत्या प्रकरण ” मा यिनै मुकुन्द घिमिरेले एउटा युटुब च्यानल लाई दिएको अन्तवार्तामा उनले ” सिधा कुरा जनता संग ” कार्यक्रमका कार्यक्रम संचालक , पत्रकार रवि लामिछाने विरुद्द दिएको अभिव्यतिले सामाजिक संजाल फेरी तातिएको छ ! त्यो अन्तर्वातामा मुकुन्दले रविलाई के भनेका छन् त्यस्तो जसले उनलाई हजारौ गालीका वर्षा गराईरहेका छन् .

 

 

प्रतिक्रिया दिनुहोस्