Logo

”प्रेम बचाउ”अभियान समितिद्वारा पत्रकार सम्मेलन सम्पन


 

 

 

पुस १२ ,बुधवार
राजकुमार राई ।
नेपाल किराँत कुलुङ भाषा उत्थान संघले बुधवार ”प्रेम बचाउ”अभियान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको धुम्ब्राराही स्थीत कुलुङ भाषा उत्थान संघको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा पे्रस विज्ञप्ती जारी गर्दै उक्त कुरा सञ्चारकर्मीहरुलाई जानकारी गराईएको हो ।

रोजगारीको सिलसिलामा साउदी अरब पुगेका दानाबारी ईलाम निवासी पे्रम बहादुर राईले तीन वर्षदेखि साउदी अरबको मलाज जेल जिवन बिताई रहेका छन् । गैर जिम्मेवारी कार्य गरेको आरोपमा २ महिना जेल र ५० कोर्रा भुत्तानी गरि सकेका राईलाई पून अदालतले ३,१०,००० रियाल अर्थात नेपाली (रु ९५,००००ं) लाख भुत्तानी गर्न पर्ने फैसला सुनाएको छ ।

साउदीमा गाडी चालको रुपमा कार्यरत राई, कम्पनीको ३,१०,००० रियाल बराबरको विधुतीय सामाग्री सहित सडकमा गाडी पार्किङ गरि, सामान पुर्याउने क्रम्मा सामान सहितको गाडी चोरी भएको हो । प्रहरीमा कम्पनी मालीकले चोरीको रिर्पोट दर्ता गराए पछि ट्रक फेला परेपनि सामान भने फेला पर्न सकेन ।

उक्त सामान बाराबरको बिगो भुत्तानी गर्न राई असक्षम भएपछि अदालतले ३,१०,००० रियाल अर्थात नेपाली (रु ९५,००००ं) लाख भुत्तानी गर्न पर्ने फैसला सुनाएको छ । छोरो कुनै अवान्छनीय कार्यमा संलग्न नरहेको र निर्देाश रहेको आमा धनलक्ष्मीले दावी गरिन ।

एउटै आरोपमा दोहोरो सजाय भोग्नुपर्न भएपछि राई विक्षिप्त अवस्थामा छन् । जेल चलान हुनु अघि कैयौ महिना भौतिक र मानसिक यातना भोगेका राई तनावमा छन् । सम्पुर्ण आफ्नो जाएजेठा बैकमा धितो राखी वैदेशिक रोजगारिमा छिरेका राईको पारिवारीक स्थिती निकै नाजुक रहेको छ ।

उनको ७ वषिय छोरी र १७ महिनेका छोरा काखमा च्यापी दिनरात श्रीमती सरिता राई रुवावासीले विछिप्त वनेका छन् । आफनो श्रिमानलाई जेल मूक्तगरि स्वदेश फर्काउने अभियानमा लाग्न आग्रह गर्नका लागी उहां हाल काठमान्डौको कुलुङ संघमा आईपुगेकी छन् ।

२ सन्तान र वृद्ध सासुआमा सहित राजधानी आइपुगेकी राई कुलुङ संघकै केही प्रतिनिधीहरुकै आश्रय र सहयोगमा बस्दै आएका छन् । उनको रिहाईको लागी सरकार एवं दुतावास धाउदा समेत कुनै चासो नदिएको पिडितका श्रीमतीे भनार्इं छ । राईले ३,१०,००० रियाल नबुझाए सम्म आजीवन जेल विताउनु पर्न भनि अदालतले निण्यि सुनाएको छ ।

राई रिहाईका लागी २१ सदस्सीय “पे्रम बचाउ”अभियान गठन भएको र आवश्यक रकम जुटाउने कार्यमा सहयोग गरिदिन सम्पुर्ण सञ्चारकर्मी एवं मानव अधिकारकर्मीेहरुमा कुलुङ संघका अध्यक्ष चन्द सिंह कुलुङले आह्वान समेत गर्नूूभएको छ ।

विभिन्न संघ संस्था एवं व्यक्तीहरुको सहयोग निरन्तर सकरात्मक हुने अपेक्षा रहेको कुलुङ संघका महासचिव इन्द« कुलुङको भनाई छ । साथै सहयोग रकम जुटाउनका लागी नेपाल इन्भेष्मेन्ट बैंक लिमिटेड धुम्वाराही शाखाको खाता नंम्वर ०२९०५०३०२८५१७९ रहेको जानकारी समेत उहांँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्