Logo

नेपाली चलचित्र जगतका महानायक राजेश हमाल अब चलचित्र निर्देशनको तयारीमा


Rajesh Hamal

 

Rajesh Hamal

छिरिङ शेर्पा , काठमाडौं।  नेपाली चलचित्र जगतका महानायक राजेश हमालले अब चलचित्र निर्देशन गर्ने भएका छन्।

बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् ।

चलचित्रमा अहिले नायकको भूमिकामा अभिनय गर्दै आएका हमाल अब भने निर्देशन तर्फ अगि बढेका छन् ।

आफु चलचित्र  निर्देशनको तयारीमा लागेको र  आफुले निर्देशन गरेको चलचित्र दर्शकले छिट्टै हेर्न पाउने उनले बताए ।

अहिले चलचित्रको बिषय बस्तु बारेमा अध्ययन भैरहेको र आफुले नेपाली मौलिकता बोकेको चलचित्र निर्माण गर्ने जानकारी दिए ।

नेपाली चलचित्रको स्तरमा पछिल्लो समयमा सुधार भएको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्