Logo

‘राजी’को ट्रेलरमा यस्तो देखियो आलियाको जासुसी रूप


कलाखवर सम्वाददाता, बैसाख १ – आलियाले बलिउडमा आफ्नो बेग्ले स्थान बनाइसकेकी छन् । उनले आफ्नो अभिनय कौशलबाट आफूलाई प्रमाणित गरिसकेकी छन् । मंगलबार रिलिज भएको उनको आगामी फिल्म ‘राजी’को ट्रेलरले त्यसलाई थप पुष्टि गरेको छ ।

सार्वजनिक ट्रेलरमा आलियालाई एक पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गर्दै भारतका लागि जासुसी गर्नेपात्रका रूपमा पेस गरिएको छ। फिल्म सन् १९७१ को भारत(पाकिस्न युद्धको सेरोफेरोमा घुमेको छ। फिल्म एक काश्मिरि युवतीको वास्तविक घटनाक्रममा आधारित रहेको छ।

फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी हुन्। हरिन्दर सिक्काको उपन्यासमा आधारित यस फिल्ममा आलिया अलावा विक्की कौशलको मुख्य भूमिका रहेको छ। फिल्ममा रजित कपुर, जयदिप अलावत तथा सोनी रजदानको समेत अभिनय रहेको छ। फिल्म मे ११ मा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्