Logo

राष्ट्रपति कार्यलयमा चल्यो टिका, आमा र पुजारीको हातबाट राष्ट्रपति विद्यादेवी भण्डारीले थापिन शुभ आशिरबाद


 

 

राजकुमार राई,२,कात्तिक–काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शुभसाइतमै वडादशैंको टीका लगाएकी छन् । आमा र पुजारीले भण्डारीलाई टिका लगाई दिएको हो ।

राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा टिका, चल्यो । हनुमानढोकास्थित दशैंघरका मुल पुजारी देवराज अर्यालले टीका लगाइदिएका हुन् ।

राष्ट्रप्रमुखलाई दशै घरका मुल पुजारीले दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लगाईदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेको हातबाट पनि टीका लगाएकी छिन् । लगतै राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाइँलाई टीका र जमरा लगाइदिएकी छन् । राष्ट्रपति भण्डारीले सर्वसाधारणका लागि टीका लगाइदिने कार्यक्रम समेत तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्