Logo

रास्ट्रसंघका पूर्व महासचिव अन्नानको निधन


कलाखबर, २ भाद्र, काठमाडौँ । संयुक्त रास्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० बर्षको उमेरमा निधन भएको छ । उनको स्विजरल्याण्डको एक अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको के कारणले निधन भएको भन्ने बारेमा सार्वजनिक नगर्न परिवारले आग्रह गरेकोले चिकित्सकले त्यसलाई गोप्य राखिएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

सन् १९३८ अप्रिल ८ मा घानामा जन्मिएका अन्नान संयुक्त रास्ट्रसंघका महासचिव जस्तो गरिमामय पदमा पुग्ने पहिलो अस्वेत नागरिक हुन् । उनले सन् १९९७ जनवरी १ देखि सन् २००६ डिसेम्बर ३१ सम्म गरि राष्ट्रसंघको दुइ कार्यकाल सम्हालेका थिए ।

राष्ट्रसंघबाट अवकास पाएलगत्तै उनलाई सिरियामा शान्तिका लागि बिशेष दूतका रुपमा पठाईएको थियो । विश्व शान्ति स्थापनामा उनको योगदानको कदर गर्दै सन् २००१ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

यसैबीच विश्व नेताहरुले उनको निधनप्रति गहिरो दुख ब्यक्त गर्दै विश्वले मानवीय सहायता र विश्व शान्तिका लागि जीवनभर लडिरहने एउटा आदरणीय व्यक्तित्व गुमाएको प्रतिक्रिया दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्