प्रधानमन्त्री केपी शर्मा ओली द्वारा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तयारी पुरा ! युट्युबको सर्भर बुधवार बिहान पुरै विश्वभर ठप्प, धेरैमा छायो चिन्ता, अचनाक कम्पनीले माग्यो माफी ! पल शाह को अभिनय अब हृदय भरी बन्ने भयो ! हिरो जस्तै देखिने दिनेश कोईरालाद्वारा १० करोड भन्दा बढी सम्पत्ति ठगी ! नमूना प्रहरी सङ्गठन बनाएर छाड्ने आई. जि. पी. खनालको प्रतिबद्धता ! मेची महाकाली फेमेली रोधीघरले चलाए बिशेष दशैको टिका, सुरेन्द्र ठकुरी र सुनिता लामाको हातबाट दक्षिणा तथा आर्शिबाद प्रदान ! यो वर्षको लिगलिगे राजा भए नेपाली सेनाका अनिश थापा ! दशैमा निशुल्क बस सेवा सञ्चालन हुदैं ! कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ ः कृषि मन्त्रि वास्तोला ! प्रधानमन्त्रीद्वारा ‘इमानको इन्द्रेनी’ पुस्तक लोकापर्णन ! मानव अधिकार तथा अपराध नियन्त्रण संगठनद्वारा नुवाकोटमा जनचेतना मुलक कार्यक्रमको आयोजना ! इमेज अवार्डमा प्रियंकाको ग्याल्यामर आइटम शो ! निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक यस्तो छ प्रतिवेदन !
अपडेट:

रोजगारी माग्दै जुलुशमा उत्रिए युवा

कलाखवर संम्वादाता,पौष २९- देशभित्रै रोजगारीको अवस्था सिर्जना हुनुपर्ने माग राख्दै राष्ट्रवादी केन्द्र नेपालले राजधानीमा प्रर्दशन गरेको छ।

‘स्वदेशमै काम गरेर खान दे’ भन्ने मूल नारा र नेपालको राष्ट्रिय झन्डा सहित सयौं युवाले प्रदर्शन गरेका हुन्। आयोजक राष्ट्रवादी केन्द्रले सरकारको कामले बैदेशिक हस्तक्षेप बढाएको र सनातन धर्म संस्कृतिको रक्षाको लागि युवा आफै जुट्नुपर्ने भन्दै सडकमा आएको बताएको छ।

वेरोजगारी अन्त्य गर्दै नेपालमा नै बसेर काम गर्ने बाताबरण नबनुन्जेल आफूहरु संघर्ष गरिरहने र्‍यालीको नेतृत्व गरिरहनु भएका केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले बताए। देशको भविष्य मलेशिया कतारको श्रममा नभएर देश भित्र नै रहेको संदेश दिन पनि प्रदर्शन गरेको बताए।

आत्मनिर्भर अर्थतन्त्र, राष्ट्रवादीहरुको हातमा राज्यसत्ता, बेरोजगार वर्गहरुको मुक्ति, जनजिविका समस्याको समाधान नभए सम्म आन्दोलन जारि रहने पनि अध्यक्ष थापाले बताए। स्वेदशमै काम गरेर खान दिन माग गर्दै भृकुटीमण्डपबाट निस्केको रयाली बसन्तपुर डबलीमा गएर सम्पन्न भएको थियो।

  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • © 2017 Kalakhabar. All Rights Reserved...